मुख्य समाचार
बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु
बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु

। बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु भएको छ ।

विद्यार्थी आन्दोलनका बीच देश छाडेर हिँडेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी ‘कागजी प्रमाण नरहेको’ भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध प्रदर्शन सुरु भएको हो ।




ढाकाको दैनिक पत्रिका डेली स्टारका अनुसार, बंगलादेशको मानव जमिन पत्रिकाका लागि अन्तर्वार्ता दिने क्रममा उनले हसिनाबारे यस्तो अभिव्यक्ति दिएका थिए ।

‘अगस्ट ५ को बिहान साढे १० बजे बागभवन (राष्ट्रपति निवास) मा प्रधानमन्त्री निवासबाट फोन आएको थियो, लगत्तै तयारी थालेका थियौं’, उनले भनेका छन्, ‘तर, एक घण्टाभित्र हसिना नआउने भन्दै अर्को फोन आएको थियो ।’




त्यहीबीच आफूले हसिनाले देश छाडेको भन्ने सुनेको उनले बताएका छन् ।

‘उनले मलाई केही भनिनन्, मैले तपाईंलाई जे भएको थियो, त्यही सत्य कुरा भनेको हुँ’, उनले मानव जमिनका प्रधान सम्पादक मातुर रहमान चौधरीसँग भनेका छन्, ‘जतिबेला सेना प्रमुख जनरल वाकर बाघभवनमा आएका थिए, त्यसबेला मैले प्रधानमन्त्रीको राजीनामाबारे बुझ्न खोजेँ, त्यसबेला पनि उनले यस्तै जवाफ दिएका थिए– मैले सुनेँ कि उनले राजीनामा दिइन् ।’

राष्ट्रपति शहाबुद्दिनले ‘सम्भवतः आफूहरुलाई जानकारी दिन उनले (हसिनाले) समय नपाएको हुनसक्ने भनेका छन् । यसपछि सुरु भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएका छन् ।

ढाकाका अखबारहरुका अनुसार, मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले राष्ट्रपति निवास वरिपरि कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।
मंगलबारदेखि राष्ट्रपति निवास वरिपरि ब्यारिकेडहरु राखिएका छन् भने पानीको फोहोरासहित झडप नियन्त्रणमा लिन एपीसीहरु पनि निकालिएका छन् ।

प्रदर्शन जारी रहेकै बेला अन्तरिम सरकारको सूचना सल्लाहकार नसिद इस्लामले सरकारले राष्ट्रपतिबारे सबै सरोकारवालासँग छलफल गरिरहेको र कुनै निर्णय आउने बताएका छन् । ‘राष्ट्रपति आफ्नो कार्यालयमा रहन्छन् कि रहँदैनन् भन्ने कानुनी वा संवैधानिक प्रश्न होइन, यो राजनीतिक निर्णय हो’, उनले भनेका छन् ।

‘यो निर्णय लिनका लागि पनि हामी देशमा स्थायित्व, सुरक्षा र अनुशासनलाई प्राथमिकता दिइरहेका छौं’, उनले भनेका छन् ।

तीन महिना लामो आरक्षणविरुद्धको आन्दोलनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना २१ साउन २०८१ मा देश छाडेर भारततर्फ जान बाध्य भएकी थिइन् ।

यसपछि सेनाको अग्रसरतामा विद्यार्थीको माग अनुसार नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्तरिम सरकार बनेको थियो ।

विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिँदा कम्तीमा ४०० जनाको मृत्यु भएको थियो । यो मामिलामा अहिले बंगलादेश छाडेकी पूर्वप्रधानमन्त्री हसिनासहित उनको पार्टी आम अवामी लिगका नेताहरुविरुद्ध विभिन्न अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...