मुख्य समाचार
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा

। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोली घोषणा भएको हो । कप्तान पुजाले नेपालको सिनियर टोलीबाट २० टी२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।




अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार आईसीसी यू-१९ वुमन्स टी-२० विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा हुनेछ ।

नोभेम्र ६ देखि १३ सम्म युएईमा हुने छनोट प्रतियोगितामा नेपाल र आयोजक युएईसहित कुवेत र थाइल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविनका आधारमा खेलहरु हुनेछ । यस छनोट प्रतियोगिताबाट विजेता टोली २०२५ जनवरी-फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।




जहाँ कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक मलेसिया स्वत छनोट भइसकेको छ भने २०२३ मा भएको पहिलो संस्करणको १० टोली पनि स्वत छनोट भएका छन् । बाँकी ५ टिम क्षेत्रिय छनोट प्रतियोगिताबाट छानिनेछन् । जसमा अमेरिका क्षेत्रबाट अमेरिका, अफ्रिकाबाट नाइजेरिया, युरोपबाट स्कटल्याण्ड र इस्ट एसिया प्यासिफिकबाट समाओ छनोट भएका छन् । अब एसिया क्षेत्रबाट मात्र टिम छनोट हुन बाँकी हुनेछ ।

नेपाली टोली : पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव (विकेटकिपर), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...