मुख्य समाचार
भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश
भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

। भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियन्सिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग बराबरी खेलेको बंगलादेशले बुधबार भारतमाथि शानदार जित निकाल्दै समूह ए को विजेता बनेको हो ।


भारतलाई समूह विजेता बन्दै सेमिफाइनल जान बराबरी नै पर्याप्त थियो । बंगलादेशलाई सेमिफाइनल पुग्नका लागि मात्र त बराबरीले नै पुग्थ्यो । जितपछि बंगलादेश समूह ए मा ४ अंक जोडेर विजेता बन्यो ।

यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको भारत एक जित र एक हारको नतिजापछि उपविजेता बन्यो । एक बराबरी र एक हारको नतिजा निकालेको पाकिस्तान १ अंकसहित समूहको अन्तिममा रहँदै बाहिरियो ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा तोहुरा खातुनले दुई गोल गरेपछि बंगलादेशले भारतविरुद्ध साफ वुमन्स च्याम्पियनसिपमा लगातार दोस्रो पटक जित हात पारेको हो ।

सन् २०२२ मा काठमाडौंमै भएको पछिल्लो साफ च्याम्पियनसिपमा बंगलादेशले भारतलाई समूह चरणमै ३-० ले पराजित गरेको थियो । त्यही साफमा भारत सेमिफाइनलमा नेपालसँग १-० ले पराजित हुँदै पहिलो पटक फाइनल पुग्न असफल भएको थियो । साफमा भारत पराजित भएको यो तेस्रो पटक हो ।

पहिलो खेलमा अन्तिम समयमा गोल गर्दै पाकिस्तान विरुद्ध हार टारेको बंगलादेशले भारत विरुद्ध भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्‍यो ।

खेलको १९औं मिनेटमा अफेइदा खान्डाकेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि तोहुरा खातुनले २९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारिन् ।

तोहुराले नै ४२औं मिनेटमा गोल गरेपछि बंगलादेशले पहिलो हाफमै ३-० को अग्रता लियो । त्यसको अर्को मिनेटमै भारतका लागि बालादेवीले गोल गर्दै गोल अन्तर घटाइन् ।

दोस्रो हाफमा पनि भारतले गोल फर्काउने प्रयास गरेको थियो । तर सफल हुन सकेन । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।

च्याम्पियनसिप अन्तर्गत बिहीबार समूह चरणका अन्तिम दुई खेल हुनेछ । समूह बी अन्तर्गत भुटान र माल्दिभ्सबीच दिउँसो साढे १ बजे खेल सुरु हुनेछ भने घरेलु टोली नेपालले साढे ५ बजे हुने खेलमा श्रीलंकासँग खेल्नेछ ।

घरेलु टोली नेपाल र भुटानको समान ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । दुई हारपछि अंकविहिन माल्दिभ्स समूह्य चरणबाटै बाहिरिसकेको छ । अन्तिम खेलमा हार टारे नेपाल र भुटान सेमिफाइनल पुग्नेछ । श्रीलंकाका लागि भने सेमिफाइनल पुग्न नेपाललाई हराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...