मुख्य समाचार
इंग्ल्याण्डका टम मुर्सले लुम्बिनीबाट एनपीएल खेल्ने
इंग्ल्याण्डका टम मुर्सले लुम्बिनीबाट एनपीएल खेल्ने

। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले इंग्ल्याण्डका विकेटकिपर ब्याटर थोमस जेम्स (टम) मुर्सलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत मुर्सलाई एनपीएलका लागि अनुबन्ध गरेको जनाएको हो ।


नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

२८ वर्षीय मुर्सले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलेका छन् । उनले सन् २०१६ मा बंगालदेशमा भएको आईसीसी यु-१९ विश्वकप खेलेका थिए । यस्तै उनले विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलेका छन् । उनले विश्वभर गरेर १४७ टी-२० खेल खेलेका छन् ।


एनपीएलका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गर्दा उत्साहित रहेको लुम्बिनी लायन्सले जनाएको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । जसमा लुम्बिनीसहित ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...