मुख्य समाचार
न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन
न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन

: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशिष्टकृत न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ।



समितिमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाइ संयोजक रहेको समितिमा वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि र अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव छन्।

न्यूरोसँग सम्बन्धित रोगका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको र यस्ता बिरामीका लागि छुट्टै उपचार केन्द्र स्थापना गर्न समिति गठन भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ ...
— सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेंगीकाे उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको बताए । 'सचेतना कार्यक्रमका कारण ...
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन
। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ...
— मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम