मुख्य समाचार
न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन
न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन

: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशिष्टकृत न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ।



समितिमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाइ संयोजक रहेको समितिमा वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि र अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव छन्।

न्यूरोसँग सम्बन्धित रोगका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको र यस्ता बिरामीका लागि छुट्टै उपचार केन्द्र स्थापना गर्न समिति गठन भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...