मुख्य समाचार
च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित
च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित

। इंग्लिस क्लब एस्टन भिल्लाले युरोपियन च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको छ । लिग चरणमा एस्टन भिल्लाले शतप्रतिशत नतिजा निकाल्दै लगातार तेस्रो खेल जितेको हो ।

घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा भिल्लाका लागि ५५औं मिनेटमा जोन म्याकगिन र ६४औं मिनेटमा जोन डुरानले गोल गरे ।




यस सिजन लयमा रहेको भिल्लाले यसअघि स्वीस क्लब योङ ब्वाएज र जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको थियो ।

लगातार तेस्रो जितसहित शतप्रतिशत नतिजा निकालेको एस्टन भिल्ला ९ अक जोडेर शीर्ष स्थानमा छ ।




अर्को इंग्लिस क्लब आर्सनलले भने भाग्यको साथ पाउँदा युक्रेनी क्लब साख्तर डोनेस्कलाई १-० ले पराजित गरेको छ ।

आत्मघाती गोलको सहयोगमा आर्सनल विजयी भएको हो । २९औं मिनेटमा साख्तरका गोलकिपर दिमाइट्रो रिजनाएकले आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

आर्सनलका गाब्रीएल मार्टिनेलीले हानेको प्रहार पोष्टमा लागेर फर्केको थियो । तर साख्तरका गोलकिपर रिजनाएकले बल रोक्न खोज्दा बल उनलाई लाग्दै गोल भएको थियो ।

दोस्रो हाफमा भने रिजनाएक नायक बने । ७७औ मिनेटमा उनले पेनाल्टी बचाए । युक्रेनका भालेरी बोन्डरले बल ह्यण्ड गरेपछि भिएआरको सहयोगमा आर्सनलले पेनाल्टी पाएको थियो । तर आर्सनलका लिएन्ड्रो ट्रोसार्डको प्रहार साख्तरका गवलकिपर रिजनाएकले बचाए ।

च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको आर्सनल अपराजित छ । ३ खेलमा २ जित र१ बराबरीबाट ७ अंक जोडेर आर्सनल चौथो स्थानमा छ । मोनाको र स्पोर्टिङ सिएफको पनि समान ७ अंक भएपनि आर्सनल गोलअन्तरमा पछि छ ।

च्याम्पियन्स लिगकै अन्य खेलमा पेरिस सेन्ट जर्मेन र पीएसभी आइन्डहोभनले १-१ को बराबरी खेले । इटालियन क्लब युभेन्ट्स जर्मन क्लब भिएफबी स्टुऊर्डसँग १-० ले पराजित भयो ।

पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले स्टुर्म ग्रासलाई तथा स्पानिस क्लब जिरोनाले स्लोभान ब्राटिस्लाभालाई समान २-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...