मुख्य समाचार
च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित
च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित

। इंग्लिस क्लब एस्टन भिल्लाले युरोपियन च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको छ । लिग चरणमा एस्टन भिल्लाले शतप्रतिशत नतिजा निकाल्दै लगातार तेस्रो खेल जितेको हो ।

घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा भिल्लाका लागि ५५औं मिनेटमा जोन म्याकगिन र ६४औं मिनेटमा जोन डुरानले गोल गरे ।




यस सिजन लयमा रहेको भिल्लाले यसअघि स्वीस क्लब योङ ब्वाएज र जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको थियो ।

लगातार तेस्रो जितसहित शतप्रतिशत नतिजा निकालेको एस्टन भिल्ला ९ अक जोडेर शीर्ष स्थानमा छ ।




अर्को इंग्लिस क्लब आर्सनलले भने भाग्यको साथ पाउँदा युक्रेनी क्लब साख्तर डोनेस्कलाई १-० ले पराजित गरेको छ ।

आत्मघाती गोलको सहयोगमा आर्सनल विजयी भएको हो । २९औं मिनेटमा साख्तरका गोलकिपर दिमाइट्रो रिजनाएकले आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

आर्सनलका गाब्रीएल मार्टिनेलीले हानेको प्रहार पोष्टमा लागेर फर्केको थियो । तर साख्तरका गोलकिपर रिजनाएकले बल रोक्न खोज्दा बल उनलाई लाग्दै गोल भएको थियो ।

दोस्रो हाफमा भने रिजनाएक नायक बने । ७७औ मिनेटमा उनले पेनाल्टी बचाए । युक्रेनका भालेरी बोन्डरले बल ह्यण्ड गरेपछि भिएआरको सहयोगमा आर्सनलले पेनाल्टी पाएको थियो । तर आर्सनलका लिएन्ड्रो ट्रोसार्डको प्रहार साख्तरका गवलकिपर रिजनाएकले बचाए ।

च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको आर्सनल अपराजित छ । ३ खेलमा २ जित र१ बराबरीबाट ७ अंक जोडेर आर्सनल चौथो स्थानमा छ । मोनाको र स्पोर्टिङ सिएफको पनि समान ७ अंक भएपनि आर्सनल गोलअन्तरमा पछि छ ।

च्याम्पियन्स लिगकै अन्य खेलमा पेरिस सेन्ट जर्मेन र पीएसभी आइन्डहोभनले १-१ को बराबरी खेले । इटालियन क्लब युभेन्ट्स जर्मन क्लब भिएफबी स्टुऊर्डसँग १-० ले पराजित भयो ।

पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले स्टुर्म ग्रासलाई तथा स्पानिस क्लब जिरोनाले स्लोभान ब्राटिस्लाभालाई समान २-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...