मुख्य समाचार
बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित
बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित

। बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । हरेक वर्ष सार्वजनिक हुँदै आएको यो सूचीको दोस्रो स्थानमा हलिउड अभिनेत्री जेन्डाया, तेस्रोमा सुपरमोडल बेला हदिद छन् ।

सूचीको चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे, छैटौंमा टेलर स्वीफ्ट, सातौंमा जोर्डन डन, आठौंमा किम कार्दसियन, नवौंमा दीपिका पादुकोण र दशौंमा होयोन जंग छन् । सूचीमा भारतबाट दीपिका मात्र परेकी छन् ।

व्यावसायिक कस्मेटिक सर्जनको म्यापिङपछि वर्षेनी विश्वकै सुन्दर महिलाको सूची सार्वजनिक गरिन्छ । सुन्दर महिला पहिचान गर्न परम्परागत ग्रीक अंकगणितीय पद्दति ‘गोल्डेन रेसियो’को मद्दत लिइन्छ ।

विज्ञका अनुसार ‘गोल्डेन रेसियो’ले दृष्टिगतरुपमा सन्तुलित मात्र नभएर प्राकृतिकरुपमा आँखालाई मनपर्ने रुप सिर्जना गर्छ । ‘किलिंग इभ’ र ‘द बाइकराइडर्स’जस्ता फिल्ममा आफ्नो भूमिकाका लागि परिचित बेलायती अभिनेत्री जोडी कमरले ९४.५२ प्रतिशत अंक प्राप्त गर्दै सूचीको शीर्षस्थानमा छिन् ।


भौतिक पूर्णता मापन गर्न ‘गोल्डेन रेसियो’ प्रयोग गर्ने प्रविधि ग्रीक समयको हो । एउटा अनुहार नम्बर १.६१८ पीएचआईको जति नजिक छ, त्यो त्यति नै सुन्दर देखिन्छ । यी मापन र तिनीहरूको गणनाको अनुपात प्रायः कस्मेटिक सर्जरी र सौन्दर्यशास्त्रजस्ता क्षेत्रमा अनुहारको सद्भाव र आकर्षणको मूल्यांकन गर्न प्रयोग गरिन्छ ।

यो परीक्षणमा सहभागी चिकित्सक जुलियन डे सिल्भाले भनिन्, ‘जब अनुहारका सबै तत्व शारीरिक पूर्णताको लागि मापन गरिएको थियो, जोडी कमर स्पष्ट विजेता थिइन् । उनको नाक र ओठको स्थितिका लागि ९८.७ प्रतिशत स्कोरका साथ सबैभन्दा उच्च पूर्णता थियो, जुन पूर्ण आकार हुनबाट मात्र १.३ प्रतिशत टाढा छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...