मुख्य समाचार
नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद
नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद

। नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद गरेको छ । यो सम्झौता भारतीय फिल्मको इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार खरिदमध्येको एक हो, जसले विश्वचर्चित ओटीटी प्लाटफर्मले दक्षिण भारतीय कन्टेन्टतर्फ देखाएको रुचिलाई दर्शाउँछ ।

रिलिजपूर्व नै फिल्मले हासिल गरेको व्यावसायिक उपलब्धिको एक भागको रुपमा यो राइट बिक्री आएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मले विभिन्न राइट बिक्रीमार्फत रिलिजअघि नै एक हजार ८५ करोड भारु कमाएको जनाइएको छ ।




फिल्मको राइट खरिदमा नेटफ्लिक्सले गरेको यो लगानीले ‘पुष्पा’को पहिलो भागले गरेको जस्तै व्यावसायिक सफलतालाई दोहोर्‍याउने इच्छा राखेको देखिन्छ । यो फिल्मबाटै हालै अभिनेता अल्लु अर्जुनले भारतको राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए, पुरस्कारको निर्णयले पनि नेटफ्लिक्स प्रभावित भएको अनुमान छ ।

नेटफ्लिक्स बाहेकका सबै डिजिटल राइटको बिक्रीको मूल्य जोड्दा कुल आम्दानी ४२५ करोड भारु हुन आउँछ । समग्र प्रि–रिलिज व्यापारलाई हेर्दा यो फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा २२० करोड, उत्तरी भारतमा २०० करोड, तमिलनाडुमा ५० करोड, कर्नाटकामा ३० करोड भारु कमाएको छ । केरलमा २० करोड र विदेशी बजारहरूमा १४० करोड भारु कमाएको छ । म्युजिक राइट्स ६५ करोड र स्याटलाइट राइट्स ८५ करोड भारुमा बिक्री भएको छ ।




‘पुष्प २ : द रुल’ ६ डिसेम्बर २०२४ मा विश्वभरका हलमा रिलिज हुँदैछ । यो फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने मिथ्री मुभी मेकर्सले निर्माण गरेको हो । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिल मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...