मुख्य समाचार
वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग खेल्ने
वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग खेल्ने

। टेष्ट राष्ट्र वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

पोखरा एभेन्जर्सले मंगलबार सामाजिक सञ्जालमार्फत एन्डरसनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।




पहिलो संस्करणको एनपीएद्य आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना हुँदैछ । जसमा पोखरासहित ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

टेष्ट र ओडीआई क्रिकेट खेलिसकेका एन्डर एनपीएद्यका लागि अहिलेसम्म अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हुन् ।




एन्डरले एनपीएल खेल्न र पोखराको टिममेटलाई भिड्न उत्साहित रहेको बताएका छन् । ‘एनपीएलमा म पोखरा एभेन्जर्सको हिस्सा हुन उत्साहित छन् । म सबैलाई भेट्न उत्साहित छु । छिटै भेटौँला’, उनले पोखराले सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् ।

ट्रिनिडाड एण्ड टोबागोका २६ वर्षीय एण्डरसनले वेष्ट इन्डिजका लागि २ टेष्ट र ५ ओडीआई खेल खेलेका छन् । उनले सन् २०२२ मा बंगलादेशविरुद्ध टेष्टमा डेब्यु गरेका थिए भने २०२२ मै अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेलेका थिए ।

यस्तै २०२१ मा श्रीलंका विरुद्ध ओडीआईमा डेब्यू गरेका उनले पछिल्लो पटक २०२२ मा बंगलादेशविरुद्ध अन्तिम ओडिआई खेलेका थिए ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की प्लेअर रहेको पोखराले एनपीएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यसअघि अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस र नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएद्यमा हरेक टोलीले ४ विदेशी खेलाडी राख्न पाउनेछ । अब पोखराले एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । एनपीएलमा एक टोलीमा कूल १६ खेलाडी हुनेछन् ।

जसमा हरेक टोलीले लक्की ड्र बाट १-१ मार्की प्लेअर छानेका थिए भने अक्सनबाट सबै टिमले १०-१० खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै हरेक टिमले एक खेलाडी ट्यालेन्ट हन्टबाट राख्नुपर्नेछ ।

पोखराले चेन्नाई सुपर किंग्सको प्रशिक्षक रहिसकेका राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ भने रिजन प्रजु प्रशिक्षकको भूमिकामा छन् ।

पोखरा एभेन्जर्सको टिम :

कुशल भुर्तेल (मार्की प्लेअर), आकाश चन्द, सागर ढकाल, दिलिप गौतम, सुनाम गौतम, विपिन खत्री, तृत राज दास, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, किरण ठगुन्ना

विदेशी खेलाडी : आन्द्रेस गौस, बास डे लिड, एण्डरसन फिलिप

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...