मुख्य समाचार
रियल मड्रिडले यूईएफए युरोपियन च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डमाथि ५-२ को पुनरागमन जित
रियल मड्रिडले यूईएफए युरोपियन च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डमाथि ५-२ को पुनरागमन जित

। भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि रियल मड्रिडले यूईएफए युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि ५-२ को पुनरागमन जित हात पारेको छ ।

घरेलु मैदान सान्टियागो बर्नावेउमा रियल पहिलो हाफमै दुई गोल गोलले पछि परेको थियो । तर, भिनिसियसको ह्याट्रिक तथा एन्टोनी रुडिगर र लुइस भजक्वेजको गोलमा रियलले सानदार पुनरागमन गर्‍यो ।



खेलको ३०औं मिनेटमा डोनयाल मालान र ३४औं मिनेटमा जेमी गितेन्सले गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनाएको थियो । त्यो अग्रतालाई उसले काम रख्न सकेन । दोस्रो हाफमा रियलले ५ गोल फर्कायो । रुडिगरले ६०औं र भिनिसियले ६२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

भिनिसियसले ८६औं मिनेट र इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लुकास भज्क्वेनजले ८३औं मिनेटमा गोल गरे ।


च्याम्पियन्स लिगको लिग चरणमा रियलको यो दोस्रो जित हो । ३ खेलबाट रियलले ६ अंक जोडेको छ । पहिलो खेलमा स्टुटगार्डलाई हराएको रियल दोस्रो खेल फ्रेन्च क्लब लिलसँग स्तब्ध बनेको थियो ।

सुरुआती दुई खेल जितेको डर्टमण्डको भने यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...