मुख्य समाचार
मध्यपश्चिम विश्वविद्यालयसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले संयुक्त घोषणा पत्रमा हस्ताक्षर
मध्यपश्चिम विश्वविद्यालयसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले संयुक्त घोषणा पत्रमा हस्ताक्षर

। मध्यपश्चिम विश्वविद्यालयसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एसियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् ।

घोषणा पत्रले शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिएको छ । घोषणाले साझेदारीहरुलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्ने लगायत उल्लेख गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यले सहयोगी पहलहरूबारे छलफल गर्न उक्त घोषणा पत्रमा हस्ताक्षर गरेको मप विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा गौतम लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

यो हस्ताक्षरले दक्षिण एसिया र चीनबीच बलियो शैक्षिक र सांस्कृतिक सम्बन्ध निर्माण गर्ने तथा प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई समर क्याम्प, संयुक्त अनुसन्धान लगायतका विभिन्न गतिविधिहरूमा भाग लिई समग्र शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

साथै यसले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्वलाई समेत समावेश गरेको छ भने सहभागी विश्वविद्यालयबीच उच्चस्तरीय अनुसन्धानलाई बढावा दिँदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...