मुख्य समाचार
सगरमाथामा भेटिएको बुटको रहस्यमाथि फिल्म बनाउँदै अस्कर विजेता दम्पती
सगरमाथामा भेटिएको बुटको रहस्यमाथि फिल्म बनाउँदै अस्कर विजेता दम्पती

। सय वर्षअघि सगरमाथा क्षेत्रमा हराएका एक बेलायती पर्वतारोहीको बुट गत महिना भेटियो । यो बुटबारे संसारभरका मिडियाले समाचार सम्प्रेषण गरिरहेका छन् ।

नेसनल जिओग्राफिकका निम्ति वृत्तचित्र बनाउन गएको पर्वतारोहीको एउटा समूह हिमनदीको बरफ पग्लिँदा बाहिर निस्किएको उक्त बुट फेला पारेको थियो । उक्त बुट सुरक्षित अवस्थामा थियो ।




सो बुट सन् १९२४ मा आफ्ना साथी जर्ज म्यालोरीसँग सगरमाथा चढ्ने क्रममा बेपत्ता भएका एन्ड्रयू कोमिन ‘स्यान्डी’ अभिनको हो भन्ने विश्वास गरिएको छ ।

यो बुटलाई लिएर किन चर्चा भइरहेको छ भने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शिखरमा पुग्नुभन्दा २९ वर्षअघि म्यालोरी र अभिनको जोडी सगरमाथा आरोहण गर्न गएको थियो । तर सफल भएको थियो वा थिएन भन्ने पुष्टि भइसकेको छैन । यदि आरोहण सफल भएको थियो भने पहिलो सगरमाथा आरोहीबारेको इतिहास बदलिन सक्छ ।






फिल्म बनाउने तयारी

स्क्रिनडेलीका अनुसार अस्कर अवार्ड विजेता महिला फिल्ममेकर एलिजाबेथ चाइ वासारहेली र उनका पति जिम्मी चीनले जर्ज म्यालोरी र स्यान्डी इर्विनको उक्त आरोहणबारे फिल्म बनाउने भएका छन् । यो जोडी हिट फिल्म ‘फ्री सोलो’का लागि पनि परिचित छ ।

गत महिना सगरमाथामुनिको हिमनदीमा इर्विनको बुट र काटिएको खुट्टा फेला परेपछि यी दुई फिल्ममेकर फिल्म निर्माणका लागि उत्प्रेरित भएको जनाइएको छ । इरविनको बुटको खोजले म्यालोरी-इर्विन चढाईमा बाँकी रहेका केही प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ ।

स्क्रिनडेलीसँग चाइले भनिन्, ‘उक्त बुट यस्तो महत्वपूर्ण थियो जसलाई अब फिल्मले पछ्याउनेछ ।’ यसमा एउटा दृष्टिकोण पहिलो विश्वयुद्धको पुस्ताले भोगेको आघात र पीडा पनि हुनसक्छ ।

‘कस्ता घटना र भावनात्मक अवस्था थिए जसले तपाईंलाई सगरमाथाको फेदीसम्म ल्यायो’ फिल्मको कथावस्तुबारे वासारहेलीले भनिन् । यसका लागि आफूले ‘इन टु द थिन एयर’का लेखक तथा प्रख्यात पर्वतारोही जोन क्राकाउरसँग छलफल गरिरहेको समेत उनले बताइन् ।

‘जोन क्राकाउर एक घनिष्ठ साथी हुन् । जिम्मी कठिन अभियानमा टाढा हुँदा उहाँ मेरो विश्वासी हुनुहुन्छ’ उनले भनिन् ।

वसारहेलीले गत साता लण्डन फिल्म फेस्टिभलमा अर्नेस्ट स्याकलटनको सन् १९१४–१५ अन्टार्कटिकाको अभियान र सन् २०२२ मा उनको जहाज द इन्ड्युरेन्सको भग्नावशेष भेटिएको नेशनल जियोग्राफिक डकुमेन्ट्री ‘एन्ड्युरेन्स’को प्रिमियरमा भाग लिएपछि बोल्दै थिइन् । यो फिल्मलाई वासारहेली, चिन र नताली हेविटले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...