मुख्य समाचार
हेजबुल्लाहलाई सहयोग गर्ने लेबनानका बैंकमा इजरायलको आक्रमण
हेजबुल्लाहलाई सहयोग गर्ने लेबनानका बैंकमा इजरायलको आक्रमण

— इजरायलले हेजबुल्लाह समूहलाई सहयोग उपलब्ध गराएको दाबी गर्दै दक्षिणी लेबनान र बेरुतका बैंकमा आक्रमण गरेको छ । इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिणी लेबननस्थित हेजबुल्लाहको नियन्त्रणमा रहेका दाहिय र बेका उपत्यका क्षेत्रमा भीषण हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणमा मानिसहरू हताहत भएको विषयमा भने केही उल्लेख गरिएको छैन ।


लेबनानको सरकारी समाचार संस्था एनएनएले बेका उपत्यकालगायतका स्थानमा अल–कार्द अल–हसन बैंकका केही शाखामा आईडीएफले आक्रमण गरेको जनाएको छ । त्यस्तै, बेरुतस्थित रफिक हरारी अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको बैंकका पनि आक्रमण भएको जनाइएको छ ।

आक्रमणपछि विमानस्थलनजिकै धूवाँ उडेको तस्बिरहरु सार्वजनिक भएका थिए । लेबनानमा उक्त बैंकका ३० भन्दा धेरै शाखा रहेका बीबीसीले जनाएको छ । तीमध्ये १५ वटा बेरुतमा छन् । बैंकले हेजबुल्लाहलाई आर्थिक सहयोग गर्ने गरेको इजरायल र अमेरिकाको दाबी छ ।

यसअघि आईडीएफले बेरुतका १४ र लेबनानका २० क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको थियो । आईडीएफले आफ्नो आक्रमण हेज्बुल्लाहलाई सहयोग पुर्‍याइरहेका बैंक तथा अन्य वित्तीय पूर्वाधारहरूमा आक्रमण गरिने जनाएको थियो ।

आईडीएफका प्रवक्ता ड्यानियल हगारीले आइतबार साँझ एउटा विज्ञप्ति जारी गर्दै हेज्बुल्लाहलाई आर्थिक सहयोग गरिरहेका क्षेत्रमा रहेका स्थानीयलाई तत्कालै अन्यत्र जान चेतावनी दिएका थिए । ‘हामी केही घण्टामै कैयौं स्थानमा आक्रमण गर्दै छौं,’ उनले भनेका थिए । इरानले गैरसैनिक संघसंस्थाका माध्यमबाट हेजबुल्लाहलाई आर्थिक सहयोग उपलब्ध गराएको सूचना प्राप्त भएको हगारीको दाबी छ ।

यसैबीच, आईडीएफले लेबनानमा शान्ति कायम गर्न खटिएको संयुक्त राष्ट्रसंघीय मिसन (युनिफिल) कार्यालयमा पनि आक्रमण गरेको छ । आईडीएफले नियोजित रूपमा आफ्नो निगरानी टावर र कार्यालयको पर्खाल ध्वस्त पारेको युनिफिलले जनाएको छ । आक्रमणमा आफ्ना तीन सैनिकको ज्यान गएको लेबनानको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...