मुख्य समाचार
हेजबुल्लाहलाई सहयोग गर्ने लेबनानका बैंकमा इजरायलको आक्रमण
हेजबुल्लाहलाई सहयोग गर्ने लेबनानका बैंकमा इजरायलको आक्रमण

— इजरायलले हेजबुल्लाह समूहलाई सहयोग उपलब्ध गराएको दाबी गर्दै दक्षिणी लेबनान र बेरुतका बैंकमा आक्रमण गरेको छ । इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिणी लेबननस्थित हेजबुल्लाहको नियन्त्रणमा रहेका दाहिय र बेका उपत्यका क्षेत्रमा भीषण हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणमा मानिसहरू हताहत भएको विषयमा भने केही उल्लेख गरिएको छैन ।


लेबनानको सरकारी समाचार संस्था एनएनएले बेका उपत्यकालगायतका स्थानमा अल–कार्द अल–हसन बैंकका केही शाखामा आईडीएफले आक्रमण गरेको जनाएको छ । त्यस्तै, बेरुतस्थित रफिक हरारी अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको बैंकका पनि आक्रमण भएको जनाइएको छ ।

आक्रमणपछि विमानस्थलनजिकै धूवाँ उडेको तस्बिरहरु सार्वजनिक भएका थिए । लेबनानमा उक्त बैंकका ३० भन्दा धेरै शाखा रहेका बीबीसीले जनाएको छ । तीमध्ये १५ वटा बेरुतमा छन् । बैंकले हेजबुल्लाहलाई आर्थिक सहयोग गर्ने गरेको इजरायल र अमेरिकाको दाबी छ ।

यसअघि आईडीएफले बेरुतका १४ र लेबनानका २० क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको थियो । आईडीएफले आफ्नो आक्रमण हेज्बुल्लाहलाई सहयोग पुर्‍याइरहेका बैंक तथा अन्य वित्तीय पूर्वाधारहरूमा आक्रमण गरिने जनाएको थियो ।

आईडीएफका प्रवक्ता ड्यानियल हगारीले आइतबार साँझ एउटा विज्ञप्ति जारी गर्दै हेज्बुल्लाहलाई आर्थिक सहयोग गरिरहेका क्षेत्रमा रहेका स्थानीयलाई तत्कालै अन्यत्र जान चेतावनी दिएका थिए । ‘हामी केही घण्टामै कैयौं स्थानमा आक्रमण गर्दै छौं,’ उनले भनेका थिए । इरानले गैरसैनिक संघसंस्थाका माध्यमबाट हेजबुल्लाहलाई आर्थिक सहयोग उपलब्ध गराएको सूचना प्राप्त भएको हगारीको दाबी छ ।

यसैबीच, आईडीएफले लेबनानमा शान्ति कायम गर्न खटिएको संयुक्त राष्ट्रसंघीय मिसन (युनिफिल) कार्यालयमा पनि आक्रमण गरेको छ । आईडीएफले नियोजित रूपमा आफ्नो निगरानी टावर र कार्यालयको पर्खाल ध्वस्त पारेको युनिफिलले जनाएको छ । आक्रमणमा आफ्ना तीन सैनिकको ज्यान गएको लेबनानको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम