मुख्य समाचार
विश्व स्वास्थ्य संगठनले इजिप्ट लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा
विश्व स्वास्थ्य संगठनले इजिप्ट लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा

। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट त्रस्त थियो ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले सोमबार भनेका छन्, ‘मलेरियाको बिमारी त्यति पुरानो हो जति स्वयं इजिप्टको सभ्यता प्राचीन छ । तर इजिप्टको प्राचीन शासकहरुलाई सताउने यो बिमारी अब इतिहासका पन्नामा समेटिएको छ र भविष्यका लागि यसको खतरा समाप्त भएको छ ।’


उनले भने, ‘इजिप्टलाई मलेरिया मुक्त घोषणा गर्ने यो निर्णय वास्तवमै ऐतिहासिक हो र यो त्यहाँका जनता र सरकारको प्रतिबद्धताको प्रमाण पनि हो ।’


विश्व स्वास्थ्य संगठनले इजिप्टलाई मिलेको यो सफलतालाई विश्वभर भइरहेको मलेरियाविरुद्धको लडाइँको अति महत्वपूर्ण विजयको प्रतीक भनेको छ । ‘१० करोडभन्दा बढी जनसंख्या भएको इजिप्टमा यो सफलता साँच्चै नै अहम् छ,’ डब्ल्यूएचओले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए। समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो