मुख्य समाचार
अल-हिलालले एएफसी च्याम्पियन्स लिगमा साविक विजेता यूएईको अल-ऐनमाथि ५-४ को जित
अल-हिलालले एएफसी च्याम्पियन्स लिगमा साविक विजेता यूएईको अल-ऐनमाथि ५-४ को जित

। ब्राजिलिनय फुटबल नेयमारले चोटपछि मैदानमा पुनरागमन गरेको खेलमा साउदी क्लब अल नाटकीय जित हात पारेको छ ।

सलेम अल-दौसारीले ह्याट्रिक गरेपछि साउदी अरेबियाको अल-हिलालले एएफसी च्याम्पियन्स लिगमा साविक विजेता यूएईको अल-ऐनमाथि ५-४ को जित हात पारेको हो ।


गत अक्टोबरमा उरुग्वे विरुद्धको खेलमा घुँडाको क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहेका नेयमार ७७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । उनको नोभेम्बरमा घुँडाको शल्यक्रिया गरिएको थियो ।

खेलको अन्त्यतिर नेमरा काउन्टर अट्याकमा गोल नजिक पुगे पनि सफल भएनन् ।


‘मलाई राम्रो अनुभव भइरहेको छ । यो कठिन थियो । मसँग सधैं राम्रो टिम छ । तर, म एमदकै खुशी छु कि म मैदान फर्किएँ ।’ खेलपछि भावुक बनेका नेयमारले हाज्जा बिन जायद स्टेडियममा भने ।

नेयमार २०२३ अगष्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट ९० मिलयन युरोमा साउदी क्लब अल-हिलालमा अनुबन्ध भएका थिए । उनले चोटअघि हिलालका लागि ५ खेल खेलेका थिए ।

साउदी प्रो लिग क्लब अल-हिलालले गत सिजनको सेमिफाइनलमा अल-ऐनसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

यो जितपछि अल-हिला लिग वेष्ट रिजनमा ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...