मुख्य समाचार
जापानिज इन्सेफ्लाइटिसबाट उदयपुरमा एक बालकको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट उदयपुरमा एक बालकको मृत्यु

: जापानिज इन्सेफ्लाइटिस रोगबाट उदयपुरमा एक बालकको ज्यान गएको छ भने अर्का एकको उपचार भइरहेको छ। गत साउनदेखि बिराट मेडिकल कलेज बिराटनगरमा उपचार गराइरहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका ११ वर्षीय अनमोल राईको उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको हो।



क्युलेस जातको लामखुट्टे (जसलाई सेतो लामखुट्टे पनि भनिन्छ)को टोकाइबाट यो रोग लाग्ने गर्दछ। उनलाई करिब तीन महिनाअघि सेतो जातको लामखुट्टेले टोकेको थियो।

उनलाई पटक–पटक ज्वरो आउने, बेहोस हुने जस्तो लक्षण देखिएको थियो। उपचारका क्रममा बिराट मेडिकल कलेजमा जापानिज इन्सेफ्लाइटिस रोग लागेको पत्ता लागेको थियो। उपचार नियमित भइरहे पनि उनको मष्तिष्कभित्रको नशाको पानी सुकेपछि मृत्यु भएको बताइएको छ।




कक्षा ५ मा अध्ययनरत बालकको अकल्पनीय मृत्युमा विद्यालयले मंगलबार शोक बिदा दिएको स्टान्डर्ड भिजन एकेडमी स्कुलका प्रबन्ध निर्देशक नवराज ठकुरिले बताए। अस्पतालका अधिकृत प्रमेशराज देवकोटाले सोमबार बिहान २ बजेतिर जापानिज इन्सेफ्लाइटिसका कारण अनमोलको मृत्यु भएको पुष्टि गरे।

उनीसँगै सोही रोगबाट विरामी भएका बेलका नगरपालिका ६ का १४ वर्षीय सायल राईको उपचार भइरहेको बताइएको छ। उनी दुई महिना अघिदेखि सोही अस्पतालमै रोगसँग जुझिरहेको परिवारले जनाएको छ। उनलाई भेन्टिलेटरका राखेर उपचार गराइएको छ।

उपचारमा १६ लाख बढी खर्च भैसकेकाले थप उपचारका लागि आर्थिक स्रोत नभएका भन्दै परिवारले सहयोगको याचना गरेको छ। काका राजकुमार राईका अनुसार अस्पतालले रोग प्रतिरोधात्मक क्षमता अनुसार उपचारमा भर पर्ने जानकारी दिएकाले अझै कति दिन राख्नु पर्ने हो एकिन छैन।

‘बिरामी आँखा हेर्न सक्ने अवस्थामा रहे पनि शरीरका कुनै पनि भाग चल्न सकेको छैन,' उनले भने, ‘बिरामी पछि कस्तो हुन्छ भन्ने कुरा डाक्टरले भन्न सकेका छैनन्। बिरामीको शक्ति बढ्दै गए रोगलाई जित्न सके छिटै रिकभर हुन सक्छ भनेका छन्।'

के हो जापानिज इन्सेफ्लाइटिस ?

जापानिज इन्सेफ्लाइटिस, क्युलेस जातको लामखुट्टे (जसलाई सेतो लामखुट्टे पनि भनिन्छ) को टोकाइबाट फैलिने रोग हो। जापान र कोरिया लगायतमा मुलुकबाट फैलिएकाले यसलाई जापानिज इन्सेफ्लाइटिस भनिएको हो।

धानखेती र बंगुरपालन बढी भएको क्षेत्रमा देखिने सेतो लामखुट्टे साँझ र बिहान बढी सक्रिय हुन्छ। यो रोग सार्ने लामखुट्टेले सुरुमा जलचर पशुपक्षीलाई टोक्न चाहन्छ। तर, फेला नपरेपछि मानिसलाई टोक्ने गर्छ।

जापानिज इन्सेफ्लाइटिस भएपछि अत्याधिक ज्वरो आउने, बर्बराउन थाल्ने, स्मरणशक्तिमा ह्रास आउने, अंगहरूमा पक्षघात हुने र मानिसको मृत्युसम्म हुन्छ। यो रोग लागेका एकतिहाइलाई कडा खाले रोग पक्षघात, स्मरणशक्तिको ह्रास र अपांगता हुने गर्छ भने एकतिहाइको मृत्यु हुने गर्छ। जापानिज इन्सेफ्लाइटिसबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ ...
— सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेंगीकाे उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको बताए । 'सचेतना कार्यक्रमका कारण ...
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन
। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ...
— मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम