मुख्य समाचार
इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ८७ जनाको मृत्यु
इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ८७ जनाको मृत्यु

: उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा कम्तिमा ८७ जनाको मृत्यु भएको छ। भग्नावशेषमुनि अहिले पनि केही मान्छे पुरिएको आशंका गरिएको छ।



उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ। गाजा पट्टीको उत्तरमा खाद्यान्न, पानी र औषधिजस्ता आवश्यक सेवाको पहुँच विच्छेद गरेको १६ दिने इजरायली सैन्य घेराबन्दीका कारण उत्तरी गाजाको अवस्था भयावह बनेको छ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाहले प्रहार गरेको रकेट आक्रमणको जवाफमा इजरायलले लेबनानको बेरुतमा उक्त समूहका लक्ष्यमा आक्रमण गरिरहेको टाइम्स अफ इजरायलले जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरतिर ड्रोन प्रहार गरेपछि यो पछिल्लो आक्रमण भएको हो।

सामाजिक सञ्जाल एक्समा नेतान्याहूले भनेका छन्, 'इरानको प्रोक्सी हिजबुल्लाहले आज मेरो र मेरी श्रीमतीको हत्या गर्ने प्रयास गर्नु गम्भीर गल्ती थियो। यसले मलाई वा इजरायल राज्यलाई हाम्रो भविष्य सुरक्षित गर्न हाम्रा शत्रुविरुद्ध न्यायपूर्ण युद्ध जारी राख्नबाट रोक्नेछैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...