मुख्य समाचार
ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग मा विराटनगर किंग्सबाट खेल्ने
ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग मा विराटनगर किंग्सबाट खेल्ने

। ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगर किंग्सले आइतबार सामाजिक सञ्जालमार्फत ओमानका अलराउण्डर अकिबलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय अकिब विराटनरको पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएका हुन् । ‘एनपीएलमा विराटनगर किंग्सको हिस्सा बन्न पाउँदा म एकदमै खुशी छु’, अकिबले भनेका छन् ।


उनले लिगमा आफ्नो टिम विराटनगरलाई समर्थन गर्न आग्रहसमेत गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने विराटनगरको मार्की प्लेअरमा छन् । अब यी दुई खेलाडीले सँगै एनपीएल खेल्नेछन् । अकिबले ओमानको टिमबाट यसअघि नेपालमा आएर खेलिसकेको अनुभव छ ।


अकिबले ओमानका लागि ३२ ओडिआई तथा ५६ टी२० आई खेल खेलेका छन् । उनले ओडिआईमा २ शतकसहित १ हजार २३४ रन बनाएका छन् । यस्तै टी२० आईमा १० अर्धतशक मद्दतमा १ हजार ३३० रन बनाएका छन् । उनले ओडिआईमा २३ र टी२०आईमा ४७ विकेट समेत लिएका छन् ।

एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगरले आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ’ब्राएनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । एनपीएलमा हरेक टोलीले ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

यसअघि नै हरेक टिमले मार्की प्लेअर र अक्सनमार्फत १० खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै हरेक टोलीले ट्यालेन्ट हन्टबाट १ खेलाडी टिममा राख्नुपर्नेछ । एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि एनपीएलका लागि पोखरा एभेन्जर्सले अमेरिकान विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरिसकेको छ ।

विराटनगर किंग्स टिम:

सन्दीप लामिछाने (मार्की प्लेअर), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...