मुख्य समाचार
ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग मा विराटनगर किंग्सबाट खेल्ने
ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग मा विराटनगर किंग्सबाट खेल्ने

। ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगर किंग्सले आइतबार सामाजिक सञ्जालमार्फत ओमानका अलराउण्डर अकिबलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय अकिब विराटनरको पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएका हुन् । ‘एनपीएलमा विराटनगर किंग्सको हिस्सा बन्न पाउँदा म एकदमै खुशी छु’, अकिबले भनेका छन् ।


उनले लिगमा आफ्नो टिम विराटनगरलाई समर्थन गर्न आग्रहसमेत गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने विराटनगरको मार्की प्लेअरमा छन् । अब यी दुई खेलाडीले सँगै एनपीएल खेल्नेछन् । अकिबले ओमानको टिमबाट यसअघि नेपालमा आएर खेलिसकेको अनुभव छ ।


अकिबले ओमानका लागि ३२ ओडिआई तथा ५६ टी२० आई खेल खेलेका छन् । उनले ओडिआईमा २ शतकसहित १ हजार २३४ रन बनाएका छन् । यस्तै टी२० आईमा १० अर्धतशक मद्दतमा १ हजार ३३० रन बनाएका छन् । उनले ओडिआईमा २३ र टी२०आईमा ४७ विकेट समेत लिएका छन् ।

एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगरले आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ’ब्राएनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । एनपीएलमा हरेक टोलीले ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

यसअघि नै हरेक टिमले मार्की प्लेअर र अक्सनमार्फत १० खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै हरेक टोलीले ट्यालेन्ट हन्टबाट १ खेलाडी टिममा राख्नुपर्नेछ । एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि एनपीएलका लागि पोखरा एभेन्जर्सले अमेरिकान विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरिसकेको छ ।

विराटनगर किंग्स टिम:

सन्दीप लामिछाने (मार्की प्लेअर), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...