मुख्य समाचार
बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिए
बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिए

: साबिक विजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको पहिलो खेलमै हारबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको बंगलादेशले इन्जुरी समयमा गोल गर्दै बराबरी गरेको थियो ।



निकै प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमा जहमेना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएकी थिइन् । दुई विपक्षी रक्षकलाई बिट गर्दै जहमेनाले उत्कृष्ट गोल गरेकी थिइन् । इन्जुरी समयमा सम्सुनुहार जुनियरले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाएकी थिइन् । यसअघि सर्वाधिक सफल टोली भारतसँगको पहिलो खेलमा पाकिस्तान ५–२ गोलले पराजित भएको थियो । समूह ‘ए’मा भारतले एक खेलमा तीन अंक जोडेको छ । बंगलादेश र पाकिस्तानको भने एक÷एक अंक छ । बंगलादेश र पाकिस्तानबीच बुधबार हुने खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा भुटान र श्रीलंका आमनेसामने हुँदा अर्को खेलमा घरेलु टोली नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टोलीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । यस्तै समूह ‘बी’मा नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।


साफ च्याम्पियनसिप नेपालले आयोजना गर्न लागेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ मा पनि नेपालले नै आयोजना गरेको थियो । सन् २०२२ को संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ ।

६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । चार पटक भारतसँग पराजय बेहोरेको नेपाल अघिल्लो संस्करणमा बंगलादेशसँग घरेलु मैदानमै स्तब्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...