मुख्य समाचार
डेंगु नियन्त्रण गर्न ललितपुरका २९ वटै वडामा नि:शुल्क परीक्षण अभियान
डेंगु नियन्त्रण गर्न ललितपुरका २९ वटै वडामा नि:शुल्क परीक्षण अभियान

। ललितपुर महानगरपालिकामा लामखुट्टेजन्य रोग फैलिँदै गएको भन्दै पालिकाका २९ वटै वडामा निशुल्क फिबर क्लिनिक अभियान सुरु गरेको छ ।

समुदायस्तरमा फैलिएको डेंगु तथा मलेरियालगायत रोग नियन्त्रणका लागि निशुल्क ज्वरो परीक्षण थालिएको महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन् ।


महानगका अनुसार निशुल्क फिबर क्लिनिकमा डेंगु, मलेरियाबाहेक अन्य ज्वरोको पनि परीक्षण हुनेछ । ‘हाम्रो अनुमानमा यो जोखिम मंसिर मसान्तसम्मै रहने भएकाले त्यसलाई रोक्न निशुल्क परीक्षण थालेका हौं’, उनले भनिन् ।

महानगरपालिकाले वडा नं. ६ को कार्यालय, वडा नं. १४ को उमा महेश्वर सामुदायिक स्वास्थ्य सेवा केन्द्र, वडा नं. २२ को बुङमती स्वास्थ्य चौकी र वडा नं. २५ सैवु स्वास्थ्य चौकीमा निशुल्क परीक्षण व्यवस्था गरेको छ ।


महर्जनका अनुसार ललितपुर जिल्लाभर २ हजार डेंगु संक्रमित हुँदा ललितपुर महानगरपालिका मात्रै १ हजार ४८० जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर खोप लगाइएको हो । अभियानले समुदायमा फैलिन सक्ने घातक रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमको ...
— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ । नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एसोसिएसन फ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल-अफिन, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई पत्र जारी गर्दै गत ...
। खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको ...
— सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारले थालेको कार्ययोजना अनुसार क्षयरोग नियन्त्रणका लागि प्रत्येक वर्ष स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गर्दै आएका छन् । जिल्लामा सामूहिक रुपमा क्षयरोग पहिचान र उपचारका लागि ५८ स्थानमा डट्स सेन्टर, ५ स्थानमा डिएमसी सेवा र जिल्ला अस्पतालमा एक जना विज्ञले सेवा दिइरहेका छन् । ...
। बाजुरामा सुत्केरी आमा र सात दिनको शिशुको मृत्यु भएको छ । चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी गर्भवती सुरता रोकाय र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको थियो । बडीमालिका नगरपालिका-१ की २१ बर्षकी रोकाया र नवजात शिशुको उपचारको क्रममा शनिबार सुर्खेतस्थित ...