मुख्य समाचार
जुही चावला बनिन् भारतकी सबैभन्दा धनी अभिनेत्री
जुही चावला बनिन् भारतकी सबैभन्दा धनी अभिनेत्री

९० को दशकमा भारतीय अभिनेत्रीले प्रतिफिल्म एक करोड भारु पारिश्रमिक पाउँथे । यसले उनीहरुको विज्ञापन इन्डोर्समेन्ट र सम्पत्तिको वृद्धिमा फाइदा पुग्थ्यो ।

सफल व्यवसाय गरेका ती अभिनेत्री करोडपति पनि बने । यसरी धनाढ्य बनेका अभिनेत्री शीर्ष १० को सूचीमा समावेश हुनु नौलो कुरा रहेन । अचम्म मान्नुपर्ने कुरा के छ भने जसले पछिल्लो दशकमा एउटा पनि हिट फिल्म दिन सकेको छैन, उनै अभिनेत्री ४ हजार ६०० करोड भारु (५८० मिलियन डलर)सहित भारतकी धनी अभिनेत्री घोषित भएकी छन् ।




पछिल्लो विवरणअनुसार अहिलेका चर्चित अभिनेत्रीलाई उछिन्दै जुही चावला यतिबेला भारतकी सबैभन्दा धनाढ्य अभिनेत्री बनेकी छन् । ‘हुरुन रिच लिस्ट २०२४’ को सूचीमा चुहीको सम्पत्ति उनका साथी तथा व्यावसायिक साझेदार शाहरुख खानपछि दोस्रो स्थानमा छ ।

उनको यो सम्पत्ति उनका समकालीन वा जुनियरको भन्दा धेरै हो । जुहीपछिका धनी अभिनेत्रीको सम्पत्ति जोड्दा समेत जुहीको सम्पत्तिभन्दा धेरै हुन आउँछ । जुहीपछि दोस्रो स्थानमा १०० मिलियन डलर (८५० करोड भारु)सहित ऐश्वर्या राय छिन् ।




ब्राण्ड, फिल्म निर्माण कम्पनी र हलिउड फिल्मको पारिश्रमिक जोड्दा तेस्रो स्थानमा अभिनेत्री प्रियंका चोपडा छिन् । उनको कुल सम्पत्ति ६५० करोड भारु छ । शीर्ष पाँच धनाढ्य भारतीय अभिनेत्रीमा आलिया भट्ट र दीपिका पादुकोण पनि छन्, जोसँग ठूला व्यावसायिक उद्यम पनि छन् ।

जुही कसरी धनी भइन् ?

जुही चावलाको सम्पत्तिको स्रोत फिल्म हो तर आंशिक मात्रै । यद्यपि उनी ९० को दशकमा शीर्ष स्टारमध्ये एक थिइन् । जुहीको पछिल्लो फिल्म ‘लक बाइ चान्स’ सन् २००९ मा प्रदर्शन भएको थियो ।

उनको सम्पत्तिको ठूलो हिस्सा उनको व्यापारमा हुने लगानीबाट आउँछ । उनको मुख्य आम्दानी रेड चिलिज समूहको प्रमुख लगानीकर्तामध्ये एक हो ।

कम्पनीको संस्थापकमध्ये एकको रूपमा, जुही एक सहनिर्माता र धेरै क्रिकेट टोली (आईपीएलको कोलकाता नाइट राइडर्ससहित) को सहमालिक हुन् । उनीसँग धेरै घर जग्गाको स्वामित्व छ । उनले करोडपति व्यापारी पति जय मेहता लगायतसँग संयुक्त रुपमा व्यवसायमा पनि लगानी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वकीय सचिव बाबुभाईले असरानीको निधन भएको पुष्टि गरेका छन् । असरानी स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना थिए र सोमबार दिउँसो ३ देखि ३.३० बजेको बीचमा उनले अन्तिम सास लिए । मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा उनको दाहसंस्कार गरिएको थियो, जहाँ ...
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...