मुख्य समाचार
न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जिते
न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जिते

। न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।


दक्षिण अफ्रिकाका लागि कप्तान लाउरा वलभार्टले २७ बलमा ४ चौका मदतमा सर्वाधिक ३३ रन बनाइन् ।

ताज्मिन ब्रिट्सले १७, कोल ट्राएओनले १४ र अनेरिई डेर्कसेनले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


दक्षिण अफ्रिकालाई जितबाट रोक्न न्युजिल्याण्डका लागि रोसमेरी मेइर र अमेलिया केरले ३-३ विकेट लिए । यस्तै ए
इडेन कार्सन, फ्रान जोनास र ब्रकी हालिडेल समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरिन् । यस्तै ब्रुकी हालिडेले २८ बलमा ३ चौका प्रहार गर्दै ३८ रन जोडिन् । ओपनर सुजी बेट्सले ३१ बलमा ३२ रन बनाइन् । म्याडी ग्रीन १२ रनमा अविजित रहिन् ।

दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एलाबाले २ तथा आयोबोङ्गा खाका, कोल ट्राएओन र नादिन डे क्रेलर्कले समान १ विकेट लिए ।

न्युजिल्याण्डले तेस्रो पटक फाइनल खेल्दा पहिलो पटक महिला टी-२० विश्वकपको उपाधि जितेको हो । सन् २००९ मा सुरु भएको महिला टी-२० विश्वकपको सुरुवाती दुई संस्करणको फाइनल खेलेको न्युजिल्याण्ड उपविजेता बनेको थियो ।

सन् २००९ को पहिलो संस्करणमा इंग्ल्याण्डसँग पराजित भएको न्युजिल्याण्ड २०१० को दोस्रो संस्करणमा अष्ट्रेलियासँग पराजित भएको थियो । तर यस पटक भने न्युजिल्याण्ड्ले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो ।

न्युजिल्याण्डले सेमिफाइनलमा पूर्व विजेता वेष्ट इन्डिज तथा दक्षिण अफ्रिकाले साविक विजेतासहित सर्वाधिक ६ पटकको च्याम्पियन दक्षिण अफ्रिकालाई हराएर लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो । तर यस पटक पनि टोली उपविजेतामै समेटियो । सन् २०२४ मा दक्षिण अफ्रिकाको पुरुष र महिला दुवै टोली टी२० विश्वकपको फाइनल पुगेपनि उपाधि जित्न सकेन ।

गतवर्ष घरेलु मैदानमै भएको महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...