मुख्य समाचार
बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि ५-१ को फराकिलो जित
बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि ५-१ को फराकिलो जित

। बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि ५-१ को फराकिलो जित हात पारेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोवर्ट लेवान्डोस्की र पाब्लो टोरेले २-२ गोल गरे । पेड्रीले १ गोल थपे ।


खेलको २४औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्तरा दिलाएका थिए । २८औं मिनेटमा पेड्रीले अग्रता दोब्बर पारे भने ३९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफमा दुवै टोल टोरेले गरे । ७६औं मिनेटमा लामिन यामलको स्थानमा मैदान प्रवेश गरेका उनले ८२औं र ८८औं मिनेटमा गोल गरे ।

सेभियाका लागि इडुम्बो-मुजाम्बोले ८७औं मिनेटमा एक गोल फर्काए ।



जितपछि शीर्ष स्थानको बार्सिलोनाले १० खेलबाट २७ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडमाथि ३ अंकको अग्रता बनाएको छ । समान खेलबाट रियलको २४ अंक छ । एट्लेटिको मड्रिड २० अंकसहित तेस्रो स्थानमा छ ।

सेभिया १० खेलबाट १२ अंकसहित १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...