मुख्य समाचार
हीरा र दीपाले साफ महिला च्याम्पियनसिपको बाँकी खेल गुमाउने
हीरा र दीपाले साफ महिला च्याम्पियनसिपको बाँकी खेल गुमाउने

। साफ महिला च्याम्पियनसिपमा गत शुक्रबार भुटानविरुद्धको खेलमा घाइते भएका नेपाली टोलीकी डिफेण्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएका छन् ।

नेपाली टोलीका चिकित्सक ज्योति राई र फिजियोथेरापिस्ट नवीना वैद्यले आइतबार उनीहरु घाइते रहेको पुष्टि गर्दै शल्यक्रिया गर्नुपर्ने बताएका छन् । उनीहरुको एकै दिन शल्यक्रिया गर्ने तयारी छ ।


फिजियोथेरापिस्ट वैद्यले एसीएल सर्जरी भएमा निको हुन ९ महिनासम्म लाग्नेछ । तर उनीहरु त्यस भन्दा चाँडै पनि निको हुन सक्ने उनले बताइन् । शुक्रबार भुटानसँग नेपाल गोलरहित बराबरी भएको खेलमा उनीहरु घाइते भएका थिए । दुबैलाई त्यसै दिन अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...