मुख्य समाचार
नेपालले आज माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना
नेपालले आज माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना

। घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो ।

यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालक लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।

हिरा भुटानविरुद्ध पहिलो रोजाइमै खेलेकी थिइन् भने दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् ।

तर, नेपालका लागि सुखद खबर पनि छ । फरवार्ड सावित्रा आइतबार राति फ्रान्सबाट काठमाडौं आइपुगेकी छिन् । उनी टिममा सामेल भइसकेकी छन् । अब साम्बाले माल्दिभ्सविरुद्ध आज खेल्ने सम्भावना पनि छ ।

आइतबार प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्राले खेल्न चाहे पहिलो रोजाइमा खेलाउन सकिने र आराम चाहे आराम गर्ने प्रतिक्रिया दिएका थिए । सावित्राको आगमनले नेपाली टिम र समर्थकको पनि मनोबल बढेको छ ।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरकको रुपमा रहेकी सावित्राले युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन् । उनले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।

फ्रान्सको माथिल्लो श्रेणीको लिगमा इएन अभान्ट गुइग्याम्पबाट खेलिरहेकी सावित्राले शनिबार भएको स्ट्रासवर्गविरुद्धको खेल गोल गरेकी थिइन् र उक्त खेल गुइग्याम्पले ३-२ ले जितेको थियो ।

सावित्राको आगमन अनी दुई खेलाडी चोटका कारण बाहिरिएपछि माल्दिभ्सविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइमा परिवर्तन हुने पक्का छ ।

माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...