मुख्य समाचार
जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, सवैभन्दा धेरै टोक्योमा
जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, सवैभन्दा धेरै टोक्योमा

। जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ ।

जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ ।

नेपालीको संख्या पछिल्लो ४ वर्षमा दोब्बर बढेको हो । सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन् २०२२ मा १ लाख ३९ हजार ३९३ जना पुगेका थिए ।

सन् २०२३ मा १ लाख ७६ हजार ३३६ रहेको नेपालीको जनसंख्या २०२४ मा २ लाख ६ हजार ८९८ पुगेको हो ।

जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन् । नेपालीहरु उत्पादन, नर्सिङ केयर, कृषि र सेवा क्षेत्रमा कार्यरत छन् ।

जापानको कुन ठाउँमा कति नेपाली बस्छन?

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सवैभन्दा धेरै अर्थात ४३ हजार नेपालीहरू टोक्योमा बस्ने गर्छन । त्यसपछि ओसाका र चिवामा धेरै नेपालीहरु बसोबास गर्छन । ठाउँअनुसारको पूरा सूची यस्तो छ-

Tokyo- 43,148
Osaka- 17,398
Chiba- 16,999
Aichi- 16,750
Fukuoka- 16,191
Saitama- 14,066
Kanagawa- 13,631
Hyogo- 7,963
Gunma- 5,587
Shizuoka 5,502
Okinawa- 4,873
Kyoto- 4,667
Ibaraki- 3,425
Tochigi- 3,414
Miyagi- 3,099
Mie- 2,723
Hokkaido- 2,453
Gifu- 2,437
Hiroshima- 2,427
Kumamoto- 1,602
Nagasaki- 1,426
Okayama- 1,399
Nagano- 1,393
Saga- 1,207
Fukushima- 1,175
Oita- 1,115
Nigata- 972
Yamaguchi- 961
Yamanashi- 954
Nara- 891
Kagoshima- 732
Siga- 694
Ishikawa- 650
Kagawa- 523
Ehime- 484
Miyazaki- 460
Wakayama- 439
Toyama- 403
Fukui- 403
Iwate- 308
Shimane- 273
Tokushima- 272
Yamagata- 229
Aomori- 224
Tottori- 205
Kochi- 143
Akita- 139
unknown- 469

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पा रहेका छन्। उनीहरूलाई विभिन्न एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। यसअघि पनि जापानको अध्यागमनले सात जना नेपालीलाई निष्कासन गरेको थियो।
। जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ । भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३:३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो । भूकम्प तथा ...
। हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् । साकुरा फूलेसँगै जापानीहरु ...
: जापानमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको जीवितै उद्धार गरिएको एपीले जनाएको छ। मेडिकल प्रायोजनका निम्ति प्रयोग हुने उक्त हेलिकोप्टर जापानको दक्षिणी क्षेत्रमा पर्ने समुन्द्रमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीय नर्स साकुरा कुनिताकेको उद्धार गरिएको हो। मृत्यु हुनेमा ३४ वर्षीय डा. ...
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...