मुख्य समाचार
गुइग्याम्पको पहिलो जितमा साम्बाको गोल
गुइग्याम्पको पहिलो जितमा साम्बाको गोल

। नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ ।

साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले स्ट्रासवर्गलाई ३-२ ले पराजित गर्दै यस सिजन पहिलो जित निकालेको हो ।




गुइग्याम्पको लागि साम्बाले नै ५६औं मिनेटमा पहिले गोल गर्दै अग्रता दिलाएका थिए । तर अजारोले ६२औं र चापेलले ६५औं मिनेटमा गोल गरेपछि स्ट्रासवर्ग खेलमा फर्केको थियो ।

६७औं मिनेटमा गुइग्याम्पकी ओलिभरलेले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याइन् । त्यसपछि पेनेउले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि गुइग्याम्पले ३-२ ले जित निकाल्न सफल भयो ।




पहिलो जितपछि ५ खेलबाट ३ अंक जोडेको गुइग्याम्प रेलिगेसन क्षेत्र छाड्दै १०औं स्थानमा उक्लेको छ । स्ट्रासवर्ग २ अंकसहित ११औं स्थानमा झरेको छ भने अंकविहीन रहेको रेइम्स अन्तिममा छ ।

काठमाडौंमा साफ वुमन्स च्याम्पियन्सिप २०२४ सुरु भइसके पनि क्लबले रिलिज नगरेपछि साम्बा स्ट्रासवर्ग विरुद्धको खेलका लागि फ्रान्समै थिइन् । अब साम्बा आजै नेपाल आउनेछिन् र सोमबार माल्दिभ्स विरुद्ध हुने खेलका लागि उपलब्ध हुनेछिन् । तर उनले माल्दिभ्स विरुद्ध खेल्ने/नखेल्ने भने निश्चित छैन ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...