मुख्य समाचार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– मेरो हत्या प्रयास भयो
इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– मेरो हत्या प्रयास भयो

। लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

बीबीसीका अनुसार नेतन्याहुको एउटा घर समुद्र किनारमा रहेको सिजेरिया शहरमा छ । अर्को घर राजधानी जेरुसेलममा छ । जेरुसेलमकै बेत अघियोन भन्ने स्थानमा प्रधानमन्त्रीको सरकारी निवास छ । हाल यसको प्रबलीकरणको काम भइरहेको छ ।

लेबनानको तर्फबाट शनिबार भएको ड्रोन प्रहार नेतन्याहु घर भएको सिजेरिया शहरमा हो । इजरायली सेनाका अनुसार लेबनानको तर्फबाट ५५ वटा ड्रोन प्रहार भएका थिए । तीमध्ये तीनवटा मानवरहित ड्रोन इजरायली भूमिमा प्रवेश गरेका थिए । ती तीनमध्ये एउटा ड्रोन सिजेरिया शहरको एक भवनमा ठोक्किएको थियो ।

त्यो समयमा नेतन्याहु सिजेरियाको घरमा थिएनन् । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आक्रमणको बेला प्रधानमन्त्री र उनकी पत्नी त्यहाँ थिएनन् । र, यस आक्रमणबाट कोही घाइते पनि भएका छैनन् ।’

प्रधानमन्त्री नेतन्याहुले भने सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘इरानको प्रोक्सी हिजबुल्लाहले मेरो र मेरी पत्नीको हत्याको कोसिस गरेर ठूलो गल्ती गरेको छ ।’

उनले यसबाट आफ्ना शत्रुहरुविरुद्धको युद्ध नरोकिने पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘म इरान र उसको प्रोक्सीलाई भन्न चाहन्छु, जसलाई हामीलाई क्षति पुर्‍याउने कोसिस गर्छ, उसले ठूलो मूल्य चुकाउनुपर्छ । हामी आतंकवादीलाई अन्त्य गर्ने अभियान जारी राख्ने छौं र बन्धक बनाइएकाहरुलाई घर फिर्ता ल्याउने छौं ।’ उनले इजरायलले जित हासिल नगरेसम्म युद्ध जारी राख्ने पनि बताएका छन् ।

लेबनानको तर्फबाट आक्रमण भएपछि इजरायलले पनि त्यहाँ आक्रमण जारी राखेको बीबीसीले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राजधानी बेरुतको उत्तरतर्फ पर्ने जोनिया भन्ने ठाउँमा इजरायलले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...