मुख्य समाचार
आईएमएफले गरिब देशलाई वार्षिक ५ खर्ब निर्ब्याजी ऋण पुर्‍याउने
आईएमएफले गरिब देशलाई वार्षिक ५ खर्ब निर्ब्याजी ऋण पुर्‍याउने

। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशहरूलाई वार्षिक रूपमा उपलब्ध गराउने निर्ब्याजी ऋण करिब ५ खर्ब रुपैयाँ पुर्‍याउने भएको छ ।

हालै आईएमएफको कार्यकारी बोर्डले गरिबी न्यूनीकरण तथा वृद्धि कोष (पीआरजीटी) को समीक्षा गर्दै यस्तो निर्णय गरेको आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिन गोर्जिएभाले जानकारी दिइन् ।


आईएमएफले यो कोषमार्फत न्यून आय भएका मुलुकलाई निर्ब्याजी ऋण दिने गरेको छ । खासगरी भुक्तानी सन्तुलन लगायत समस्या भएका गरिब मुलुकहरूले यस्तो सुविधा पाउने छन् ।

नेपालले पनि पीआरजीटीअन्तर्गत नै विस्तारित कर्जा सुविधा (ईसीएफ) शीर्षकमा करिब ४० करोड अमेरिकी डलर बराबर निर्ब्याजी रूपमा लिएको छ । दुई वर्षअघि तीव्र रूपमा विदेशी मुद्राको सञ्चिति घटिरहँदा नेपालले त्यो सुविधा लिएको थियो ।



यो सुविधा लिँदा नेपालले गरेको प्रतिबद्धताअनुरूप आर्थिक तथा वित्तीय क्षेत्र सुधारका विभिन्न कामहरू भइरहेका छन् ।

‘कार्यकारी बोर्डले पारित गरेको प्याकेजले आगामी पाँच वर्षका लागि थप ८ अर्ब अमेरिकी डलर थप अनुदान दिने स्रोत जुट्ने गरी आईएमएफको आय बढेको छ, गत वर्षको आर्थिक स्रोत संकलनसमेत गरेर अब आईएमएफले वार्षिक ३.६ अर्ब अमेरिकी डलर दीर्घकालीन सहुलियतपूर्ण कर्जा दिन सकिने भएको छ, यो कोभिडअघिको तुलनामा दोब्बर हो,’ प्रबन्ध निर्देशक गोर्जिएभाले भनेकी छन् ।

न्यून आय भएका मुलुकहरू गम्भीर र अभूतपूर्ण धक्काको सामना गरिरहेको र उनीहरूलाई ठूलो वित्तीय सहायता आवश्यक रहेको उनको भनाइ छ ।

‘आईएफएफको कोषमा भएको सुधारले भिन्नभिन्नै आवश्यकता भएका देशहरूको मागलाई सम्बोधन गर्न सहयोग पुग्नेछ, दुर्लभ सहुलियतपूर्ण स्रोतहरूलाई सबैभन्दा आवश्यक भएकमा देशलाई निर्ब्याजी दिँदा उनीहरूलाई जोमिखबाट बचाउन मद्दत गर्ने छ,’ गोर्जिएभाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम