मुख्य समाचार
नेपालले अमेरिकालाई सुपरओभरमा हरायो, एक खेल अगावै जित्यो सिरिज
नेपालले अमेरिकालाई सुपरओभरमा हरायो, एक खेल अगावै जित्यो सिरिज

: नेपालले अमेरिकाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। आइतबार डालासमा भएको टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो।



यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रन बनाए। भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै अनिल साहले २५, गुल्शन झाले १९ र रोहित पौडेलले १८ रन बनाए।

जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल टाइ भएको थियो। अमेरिकाका लागि एन्ड्रीज गौजले सर्वाधिक ६२ रन बनाए। त्यस्तै सैतेजा मुक्कामालाले ४७, मिलिन्द कुमारले १५ र सयान जहगिंरले १४ रन बनाए। नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो।

सुपर ओभरमा के भयो ?

सुपर ओभरमा सोमपाल कामीले धारिलो बलिङ गर्दै ४ बलमा अमेरिकाको २ विकेट लिन सफल भएका हुन्। अमेरिकाले सुपर ओभरमा चार बल ३ रनको चुनौती दिएको थियो।

ब्याटिङमा उत्रिएका अमेरिकाका आरोन जोन्स र शायन जहाँगीरलाई सोमपालले लगातार तेस्रो र चौथो बलमा आउट गरेका थिए।तेस्रो बलमा सोमपालले सायानलाई बोल्ड गरेका थिए । लगतै चौथो बलमा सोमपालले जोन्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको नेपालले ४ बल खेल्दै जित निकालेको हो। पहिलो र दोस्रो बलमा १/१ रन जोडेको नेपालले तेस्रो बल डट फालेको थियो। चौथो बलमा रन जोड्दै नेपालले सिरिज उचालेको हो।

nullसुपर ओभरमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरेका थिए। यो सँगै नेपालको आजको खेलमा सोमपाल नायक बने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...