मुख्य समाचार
२१ मुलुकका सयभन्दा बढी कलाकार काठमाडौंमा भेला हुँदै
२१ मुलुकका सयभन्दा बढी कलाकार काठमाडौंमा भेला हुँदै

। संगीत, सांस्कृतिक सम्पदा र सिर्जनशिल बुद्धिमत्ताको आदानप्रदान गर्ने उद्देश्यले विभिन्न २१ मुलुकका सयभन्दा बढी कलाकर्मी काठमाडौंमा भेला हुने भएका छन् ।

‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन नेपालसहित ती मुलुकका ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाट्यकर्मी र कला प्राध्यापक नेपाली राजधानीमा जुट्न लागेका हुन् ।


आइतबारदेखि १० दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा कार्यशाला सुरु हुँदैछ । आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल संगीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले विदेशी सहभागि आउने क्रम जारी रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ ।


कार्यशालामा सहभागिले प्रशिक्षणमा भाग लिने र कलाको प्रदर्शन गर्नेछन् । कार्यशालाको उद्देश्य सृजनशील बुद्धिमत्ता, सङ्गीत र सांस्कृतिक सम्पदा र विश्वभर सृजनशीलताको आदान प्रदान गर्नु रहेको उनले जनाए ।

सन् २००७ मा स्थापना भएको ग्लोमसले पहिलो क्याम्प मोजाम्बिकमा गरेको थियो । त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल र डेनमार्कमा हुँदै यो कार्यक्रम नेपालमा हुन लागेको हो ।

‘ग्लोमसले विद्यार्थी तथा प्राध्यापकलाई अवसर मात्र हैन, सिर्जनशिल नागरिकताको वहस र अवसर पनि प्रदान गर्दछ’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व भरका कलाकर्मी समान हुन र उनीहरू विश्व सिर्जनशिल नागरिकताका हकदार हुन भनेर वकालत गर्छ ।’

ग्लोमसले विद्यार्थी केन्द्रित सिकाइलाई प्रवर्धन गर्नुका साथै विभिन्न देशको विद्यार्थी प्रतिनिधिको साझेदारीमा मद्दत पु¥याउने जनाइएको छ । कार्यशालामा नेपालबाट २०० भन्दा धेरै सहभागि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...