मुख्य समाचार
‘स्पाइडरम्यान’को नयाँ श्रृंखलालाई लिएर विश्वभर प्रतीक्षा
‘स्पाइडरम्यान’को नयाँ श्रृंखलालाई लिएर विश्वभर प्रतीक्षा

। हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को नयाँ श्रृंखलालाई लिएर विश्वभर प्रतीक्षा भैरहँदा यसबारे नयाँ अपडेट छ । अभिनेता टम हल्याण्डले फिल्मको स्क्रिप्ट पढ्न सुरु गरेका छन् ।

यसको अर्थ, नयाँ सिक्वेलमा पनि हल्याण्ड देखिने निश्चित छ । आगामी श्रृंखला हल्याण्डको चौंथो स्पाइडरम्यान फिल्म हुनेछ । भेराइटी म्यागजिनले अभिनेत्री जेन्डायासँग मिलेर टमले स्क्रिप्ट पढिरहेको समाचार लेखेको छ ।



‘रिच रोल पडकास्ट’लाई अन्तर्वार्ता दिँदै हल्याण्डले आफूले आगामी फिल्मको स्क्रिप्टको ड्राफ्ट पढेको बताएका हुन् । ‘अझै काम गर्नुपर्ने जरुरी छ । लेखकले निकै राम्रो काम गरिरहेका छन्’ उनले भने ।

यसअघि ‘साङ् ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्स’ फेम्ड निर्देशक डेस्टिन डेनियल क्रेटनले स्पाइरडम्यानको आगामी श्रृंखलालाई निर्देशन गर्ने खुलासा यसअघि नै भैसकेको छ । अभिनेता हल्याण्डले अभिनय गरेका अघिल्ला तीन फिल्मलाई जोन वाट्सले निर्देशन गरेका थिए ।



‘एउटा कुरा यो हो कि, मार्वलसँग फिल्म गर्नु भनेको ठूलो मेसिनमा सानो पेचकस राख्नु हो’ स्पाइडरम्यान ५ को विकासबारे हल्याण्डले भने, ‘त्यो मेसिन चलिरहनुपर्छ । सहि समयमा सहि फाइदा लिने कुरामा तपाईंले निश्चित गर्नुपर्छ । यो हामीले सामना गरिरहेका चुनौतीमध्ये एक हो ।’

उनले स्क्रिप्टलाई उत्कृष्ट भएको बताए । ‘हामीसँग जुन ड्राफ्ट छ त्यो निकै उत्कृष्ट छ । यसमाथि अझै काम गर्न जरुरी छ । लेखकले निकै राम्रो काम गरिरहेका छन् । मैले यसलाई तीन साताअघि पढेको थिएँ र यसले मभित्र ऊर्जा भर्‍यो । जेन्डाया र बसेर यसलाई पढ्थ्यौं । यो वास्तविक फिल्म हो जुन प्रशंसकमाझ सम्मानको हकदार छ ।’

हल्याण्डले यसअघि सन् २०१७ को फिल्म ‘स्पाइरम्यान : होम कमिङ’, सन् २०१९ को ‘स्पाइडरम्यान : फार फ्रम होम’ र सन् २०२१ मा ‘स्पाइडरम्यान : नो वे होम’मा काम गरिसकेका छन् । उनले मार्वलको ब्लकबस्टर फिल्म ‘एभेन्जर्स एण्डगेम’मा पनि अभिनय गरेका छन् । मार्वल सिनेम्याटिक युनिभर्समा जेन्डायले एमजे नामक रोलमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...