मुख्य समाचार
नयाँ प्रविधिको ऊर्जा किन्न गुगलले गर्‍यो विश्वकै पहिलो सम्झौता
नयाँ प्रविधिको ऊर्जा किन्न गुगलले गर्‍यो विश्वकै पहिलो सम्झौता

सूचना प्रविधि तथा इन्टरनेट क्षेत्रको दिग्गज कम्पनी गुगलले गत सोमबार विश्वकै पहिलो यस्तो कर्पोरेट सम्झौता गरेको छ, जसको उद्देश्य धेरैवटा साना मोडुलर रिएक्टर (small modular reactor) अर्थात एसएमआरबाट विद्युत ऊर्जा खरिद गर्नु रहेको छ ।

कम्पनीले यसको मद्दतले आर्टिफिसियल इन्टेलिजेन्सको ऊर्जा मागलाई पूरा गर्नेछ ।


गुगलले Kairos Power कम्पनीसँग उक्त सम्झौता गरेको हो । काइरोसले सन् २०३० सम्ममा आफ्नो पहिलो एसएमआर बजारमा ल्याउनेछ । त्यसपछि सन् २०३५ सम्ममा अघिल्लो मोड्युलरलाई जोडिनेछ ।

गुगल र काइरोस पावरबीच भएको पछिल्लो सम्झौताका विस्तृत वित्तीय विवरणहरू हालसम्म सार्वजनिक भने गरिएको छैन । तथापि उक्त सम्झौता अनुसार यी रिएक्टर प्लान्टहरु अमेरिकामा तयार गरिनेछ, जसबाट एआई प्रणालीका लागि आवश्यक उर्जाको आपूर्ति गरिनेछ ।




५०० मेगावाटको ऊर्जा माग

गुगलका अनुसार उसले कूल ५०० मेगावाट बिजुलीका लागि काइरोससँग उक्त सम्झौता गरेको हो । ७ वटा एसएमआरबाट उक्त ऊर्जा प्राप्त हुनेछ । एसएमआर अहिले उपलब्ध आणविक रिएक्टरको तुलनामा निकै सानो आकारका हुनेछन् ।

स्मरण रहोस् विभिन्न प्रविधि कम्पनीहरुले पछिल्लो समयमा आणविक ऊर्जा उत्पादक कम्पनीहरुसँग साझेदारी गरिरहेका छन् ।

एआई सिस्टमका लागि आकस्मिक रुपमा निकै धेरै ऊर्जाको माग हुन थालेको छ । जसलाई पूरा गर्नका लागि ठूलो परिमाणको तथा दीगो ऊर्जा उत्पादकसँग प्रविधि कम्पनीहरुले सहकार्य थालेका छन् ।

गत मार्च महिनामा अमेजनले टालेन इनर्जी कम्पनीबाट न्युक्लियर पावर डेटा सेन्टर खरीद गरेको थियो । त्यस्तै गत महिना माइक्रोसफ्ट र कन्स्टेलेसन इनर्जीबीच ऊर्जा सम्झौता भएको थियो, जसअन्तर्गत माइक्रोसफ्टले कन्स्टेलेसन इनर्जीबाट आणविक ऊर्जा प्राप्त गर्नेछ ।

आफ्नै एआई तयार गर्दै प्रविधि कम्पनीहरू

गुगल, माइक्रोसफ्ट तथा एप्पल लगायतका विभिन्न कम्पनीहरुले एआई प्रविधिमा काम गरिरहेका छन् ।

भविष्यको मागलाई दृष्टिगत गर्दै अधिकांश कम्पनीहरुले एउटा एआई सिस्टम तयार गर्न चाहन्छन्, जो अन्य कम्पनीहरुभन्दा अधिक समृद्ध तथा सटिक होस् ।

मोड्युलर रिएक्टर के हो ?

लघु मोड्युलर रिएक्टर अर्थात् एसएमआर एक प्रकारको परमाणु रिएक्टर हो जुन पारम्परिक परमाणु ऊर्जा संयन्त्रको तुलनामा सानो आकारको हुन्छ भने निकै अत्याधुनिक तथा समृद्ध प्रविधिले युक्त बनाइन्छ ।

एउटा एसएमआरको बिजुली उत्पादन क्षमता ३ सय मेगावाट सम्म हुन्छ । यसलाई कारखाना आदिमा निर्माण गर्न सकिन्छ र कुनै अर्को ठाउँमा पनि सार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...