मुख्य समाचार
वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्वमा सुधार, दुई महिनामा ९ अर्ब बढी संकलन
वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्वमा सुधार, दुई महिनामा ९ अर्ब बढी संकलन

: चालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका दुई महिना (भदौ र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो ।



गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौमा लक्ष्यको ८८.५० प्रतिशत र गत साउन महिनामा ७९.२८ प्रतिशतमात्रै राजश्व संकलन भएको थियो ।

भन्सार विभागले गत असोज महिनाका लागि ४ अर्ब ८३ करोड ३२ लाख रुपैयाँको लक्ष्य दिएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत अर्थात् ४ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।




यस्तै गत भदौमा ५ अर्ब २४ करोड ४४८ लाखको लक्ष्य पाएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८८.५० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । त्योभन्दा अघिल्लो महिना साउनमा भने ड्राइपोर्ट भन्सारले ४ अर्ब ७३ करोड ३१ लखको लक्ष्य पाएकोमा लक्ष्यको ७९.२८ प्रतिशतमात्रै अर्थात ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

ड्राइपोर्ट भन्सारले गत आर्थिक वर्ष २०८०/८१ को असोजमा लक्ष्यको ७४ प्रतिशत,भदौंमा ८५ प्रतिशत र साउनमा ९६ प्रतिशत राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन,भदौं र असोज) मा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८६ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गरेको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो महिना साउन यताका दुई महिनादेखि राजश्व संकलनमा लगातार सुधार आएको बरुवालले बताए । साउनको भन्दा भदौमा र भदौको भन्दा असोज महिनामा राजश्व संकलनको प्रतिशत क्रमिक रुपमा बढ्दै गएको उनले बताए ।

दशैं,तिहार र छठ पर्व जस्ता मुख्य चाडपर्वमा सामान आयातको परिमाणमा वृद्धि आएसँगै त्यसको सकरात्मक प्रभाव राजश्व संकलनमा परेको उनले बताए । दशैं सकिए पनि अझै तिहार,छठ जस्ता पर्व बाँकी नै रहेकाले कात्तिक महिनामा पनि राजश्व संकलन अझ बढ्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको 'नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरु' कार्यक्रममा उद्योग मन्त्री सिन्हाले यस्तो बताएका हुन् । 'वर्षौंदेखि छलफल भइरहेको रहेछ । ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक करिब ६ ...
। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख विनियोजित बजेटमध्ये १७.७९ प्रतिशत मात्रै खर्च भएको छ । माघ मसान्तसम्मको कुल खर्च १२ अर्ब ३१ लाख ७५ हजार मात्र बजेट खर्च ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति भएको छ । नेपाल मिसन प्रमुख सरवत जहाँको नेतृत्वमा फेब्रुअरी ६ देखि २० सम्म गरेको काठमाडौं भ्रमणका क्रममा यस्तो समझदारी भएको आईएमएफले जनाएको छ । यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले करिब ४ करोड ...
: नेपालको कुल वैदेशिक व्यापार (वस्तु आयात र निर्यात) १५.७६ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको मासिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउनदेखि माघसम्म) मा नेपालको वैदेशिक व्यापारमा १५ प्रतिशतभन्दा बढीले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। इन्धन, कच्चा पदार्थ र प्रविधि सामग्रीको उच्च आयातसँगै निर्यात संरचनामा ...