मुख्य समाचार
वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्वमा सुधार, दुई महिनामा ९ अर्ब बढी संकलन
वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्वमा सुधार, दुई महिनामा ९ अर्ब बढी संकलन

: चालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका दुई महिना (भदौ र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो ।



गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौमा लक्ष्यको ८८.५० प्रतिशत र गत साउन महिनामा ७९.२८ प्रतिशतमात्रै राजश्व संकलन भएको थियो ।

भन्सार विभागले गत असोज महिनाका लागि ४ अर्ब ८३ करोड ३२ लाख रुपैयाँको लक्ष्य दिएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत अर्थात् ४ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।




यस्तै गत भदौमा ५ अर्ब २४ करोड ४४८ लाखको लक्ष्य पाएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८८.५० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । त्योभन्दा अघिल्लो महिना साउनमा भने ड्राइपोर्ट भन्सारले ४ अर्ब ७३ करोड ३१ लखको लक्ष्य पाएकोमा लक्ष्यको ७९.२८ प्रतिशतमात्रै अर्थात ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

ड्राइपोर्ट भन्सारले गत आर्थिक वर्ष २०८०/८१ को असोजमा लक्ष्यको ७४ प्रतिशत,भदौंमा ८५ प्रतिशत र साउनमा ९६ प्रतिशत राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन,भदौं र असोज) मा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८६ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गरेको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो महिना साउन यताका दुई महिनादेखि राजश्व संकलनमा लगातार सुधार आएको बरुवालले बताए । साउनको भन्दा भदौमा र भदौको भन्दा असोज महिनामा राजश्व संकलनको प्रतिशत क्रमिक रुपमा बढ्दै गएको उनले बताए ।

दशैं,तिहार र छठ पर्व जस्ता मुख्य चाडपर्वमा सामान आयातको परिमाणमा वृद्धि आएसँगै त्यसको सकरात्मक प्रभाव राजश्व संकलनमा परेको उनले बताए । दशैं सकिए पनि अझै तिहार,छठ जस्ता पर्व बाँकी नै रहेकाले कात्तिक महिनामा पनि राजश्व संकलन अझ बढ्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व ...
— नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँट गरेको हो । संस्थागत लगानीकर्तालाई परिपत्र विधि ...
— उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि आग्रह गरेको छ । अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनका निर्वतमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू ...
— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । चाईनिज जनरल एसोसिएसन अफ इण्डष्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए । प्राकृतिक स्रोत साधन, रणनीतिक ...
। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सरकारको आम्दानी र खर्चबीच डेढ खर्ब रुपैयाँ बराबर खाडल देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थामा ५ खर्ब ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम