मुख्य समाचार
मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा
मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा

— मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् ।



मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ । मलेसियाले देशगतको आधारमा तलबमा विभेद गर्ने गरेको छैन । यो बढेको तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इव्राहिमले बताए । तर, ५ जनाभन्दा कम श्रमिक भएको रोजगारदाताले भने आउँदो अगस्ट १ देखि कार्यान्वयनमा ल्याउनुपर्ने प्रधानमन्त्रीको घोषणा छ ।


अहिले न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) छ । यो तलब २०२२ मार्च १९ देखि लागू गर्दै आएको थियो ।

मलेसियाले न्यूनतम बढाएलगत्तै नेपाली श्रमिकको न्यूनतम तलब पनि दुई सय रिंगेटले बढेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने सबैभन्दा बढी न्यूनतम तलब मलेसिया बनेको छ । खाडीमा कतारले मात्रै एक हजार रियाल (३४ हजार रुपैयाँ) मात्रै निर्धारण गरेको छ । साउदी अरब, यूएई, कुवेतलगायत देशले न्यूनतम तलब तोकेको छैन । जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरवदल हुँदै आइरहेको छ ।

मलेसिया सरकारको गत सेप्टेम्बरसम्मको विवरणअनुसार नेपाली श्रमिक १६.१७ प्रतिशत अर्थात् तीन लाख ९९ हजार ६ सय १४ जना कार्यरत छन् । जसमा महिलाको संख्या १० हजार ९ सय ५७ जना रहेको छ । यो मलेसियामा कार्यरत विदेशी आप्रवासीको तेस्रोमा नेपाली श्रमिकको उपस्थिति रहेको मलेसिया सरकारले जनाएको छ । पहिलोमा बंगलादेशी र दोस्रोमा इण्डोनेसियाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम