मुख्य समाचार
विभिन्न ६ विधामा दिइँदै आएको विश्व प्रसिद्ध नोबेल पुरस्कार २०२४ घोषणा
विभिन्न ६ विधामा दिइँदै आएको विश्व प्रसिद्ध नोबेल पुरस्कार २०२४ घोषणा

: विभिन्न ६ विधामा दिइँदै आएको विश्व प्रसिद्ध नोबेल पुरस्कार २०२४ घोषणा गरिएको छ। यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु विश्वमै निकै ठूलो उपलब्धिका रूपमा लिइन्छ। यस पुरस्कार पाउने अनुसन्धानकर्ताहरूले ग्राउन्डब्रेकिङ अनुसन्धान र नवीन आविष्कारहरूका लागि वर्षौं खर्चेका हुन्छन्।



हरेक वर्ष डिसेम्बर १० मा स्विडेनको स्टकहोममा अल्फ्रेड नोबेलको मृत्युको वार्षिकोत्सव मनाउने क्रममा नोबेल पुरस्कार समारोह आयोजना गरिन्छ। स्विडेनका रसायनशास्त्री, इन्जिनियर र आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा यो पुरस्कार स्थापना गरेका हुन्। यो पुरस्कार हरेक वर्ष भौतिक विज्ञान, रसायन विज्ञान, चिकित्सा विज्ञान, साहित्य, शान्ति र आर्थिक विज्ञानमा योगदान पुर्‍याएका ब्यक्तिलाई प्रदान गरिँदै आएको छ।

यस वर्ष जम्मा ६ विधामा ११ अनुसन्धानकर्ताहरूलाई र एक सामाजिक संस्थालाई यो पुरस्कार प्रदान गरिएको छ। यस वर्ष विभिन्न विधामा पुरस्कार पाउने व्यक्तित्वहरू यस प्रकार छन्।




१) भौतिकशास्त्रको नोबेल पुरस्कार

सन् २०२४ को भौतिकशास्त्रको नोबेल पुरस्कार जोन जे होपफिल्ड र जेफ्री ई. हिन्टनलाई अक्टोबर ८, २०२४ मा स्टकहोमको स्विडेनमा प्रदान गरिएको छ। मेसिन लर्निङमा आर्टिफिसियल न्युरोल नेटवर्कको प्रयोग सम्बन्धमा उनले योगदान पुर्‍याएका थिए।

२) रसायनशास्त्रमा नोबेल पुरस्कार

रसायनशास्त्रमा २०२४ को नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हासाबिस र जोन जम्परलाई प्रोटिन विज्ञानमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको लागि प्रदान गरिएको छ।

गत अक्टोबर ९ तारिखमा रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले २०२४ को रसायनशास्त्रको नोबेल पुरस्कार तीन जनालाई दिने निर्णय गरेको हो। जसमा डेभिड बेकरलाई ‘कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि’, डेमिस हसबिस र जोन एम. जम्परलाई संयुक्त रूपमा ‘प्रोटिन संरचना भविष्यवाणीका लागि’ दिने निर्णय गरेको छ।

३) फिजियोलोजी वा चिकित्सा शास्त्रमा नोबेल पुरस्कार

यस वर्षको फिजियोलोजी वा मेडिसिनको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई दिइएको छ। यो पुरस्कार उनीहरूलाई अक्टोबर ७, २०२४ मा स्टकहोम, स्विडेनमा प्रदान गरिएको थियो।

माइक्रोआरएनएको ग्राउन्डब्रेकिङ खोज र पोस्ट–ट्रान्सक्रिप्सनल जिन नियमनमा यसको महत्त्वपूर्ण भूमिकाका लागि पुरस्कार प्रदान गरिएको बताइएको छ। उनीहरूको अनुसन्धान १९८० को अन्त्यमा सुरु भएको बताइएको छ।

४) साहित्यमा नोबेल पुरस्कार

सन् २०२४ को साहित्यमा नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई दिइएको छ। उनले ‘ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको कमजोरीलाई उजागर गर्ने तीव्र काव्यात्मक गद्य’ का लागि अक्टोबर १० मा स्टकहोम, स्विडेनमा पुरस्कार घोषणा गरिएको थियो।

५) नोबेल शान्ति पुरस्कार

सन् २०२४ को नोबेल शान्ति पुरस्कार अक्टोबर ११ मा नर्वेको ओस्लोमा निहोन हिडान्क्योलाई प्रदान गरिने भएको छ। आणविक बमबाट बाँचेकाहरू (हिबाकुशा) सम्बन्धी काम गर्ने यो जापानी संगठनलाई आणविक हतियारमुक्त संसार निर्माण गर्ने प्रयास र आणविक हतियारहरू फेरि कहिल्यै प्रयोग गर्न नहुने सम्बन्धमा उनीहरूले गरेको कामका लागि प्रदान गरिएको हो। संस्थाले आणविक युद्धको विनाशकारी नतिजाहरूको बारेमा जागरूकता बढाउन व्यक्तिगत कथाहरूलाई दर्शाएको छ।

६) आर्थिक विज्ञानमा नोबेल पुरस्कार

कसरी संस्थाहरू गठन हुन्छन् र समृद्धिलाई प्रभाव पार्छन् भन्ने अध्ययनका लागि आर्थिक विज्ञानमा २०२४ को नोबेल पुरस्कार डरोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए रोबिन्सनलाई प्रदान गरिएको छ। यो घोषणा अक्टोबर १४, २०२४ मा स्विडेनको रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम