मुख्य समाचार
राष्ट्रिय भलिबल खेलाडी उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँ प्रोत्साहन
राष्ट्रिय भलिबल खेलाडी उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँ प्रोत्साहन

: नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिने भएको छ।



भण्डारीले नेपाली भलिबलमा गरेको योगदान र स्तरवृद्धिमा साथ दिनका लागि प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिएको भाटभटेनीले जनाएको छ। प्रोत्साहन रकमका लागि एकवर्षे सम्झौता गरिएको छ।

‘नेपालकै सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनीबाट प्रोत्साहन पाउँदा खुसी छु’, उनले भनिन्।


काठमाडौंमा दुई महिनाअघि भएको काभा वुमेन्स भलिबल नेसन्स लिगमा नेपाली टिम उपविजेता भएको थियो।

नेपाली टिमको यो यात्रामा तनहुँकी २० वर्षीया उषाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट वुमेन्स लिग भलिबलमा काठमाडौं स्पाइकरमा मार्की खेलाडी रहेकी थिइन्।

गत महिना माल्दिभ्समा भएको काभा वुमेन्स क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस च्याम्पियन भएको थियो, जसमा उषाले च्याम्पियनसिपकै बेस्ट प्लेयर र बेस्ट आउटसाइड हिटरको अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...