मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित
साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित

। साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ अनुराधिनीले निर्णायक गोल गरिन् ।




खेलको १७औ मिनेटमा इमेसा अनुराधिनीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाईन् । पि एम परेराले दिएको क्रसमा बक्स भित्र अनमार्क रहेकी अनुराधिनीले हेड मार्फत गोल गरेकी हुन् ।

श्रीलंकाले खेलको दोस्रो हाफमा पनि गोल गर्ने केही अवसर बनाएको थियो तर सदुपयोग गर्न सकेन । माल्दिभ्सले भने खृल अवधिभर खासै आक्रमण गर्न सकेन।




श्रीलंकाले सन् २०१९ पछि साफ वुमन्स च्याम्पियनसिपमा पहिलो पटक गोल गरेको र खेल जितेको हो। सन् २०१९ मा विराटनगरमा भएको पाँचाै साफमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गर्दा श्रीलंकाका लागि चालिनीले दुवै गोल गरेकी थिइन्।



श्रीलंका साफ च्याम्पियनसिपमा चार खेलपछि पहिलो पटक गोल गरेको हो ।यस्तै श्रीलंकाले सन् २०१६ मा माल्दिभ्ससँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

सन् २०१६ मा माल्दिभ्सले श्रीलंकालाई समूह चरणमा ५-२ ले परनजित गरेको थियो । माल्दिभ्सले साफ वुमन्स च्याम्पियनसिपमा गोल नगरेको खेल संख्या ७ पुगेको छ ।

माल्दिभ्सले पछिल्लो पटक सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो साफमा समूह चरणमा भुटान विरुद्ध अन्तिम पटक गोल गरेको थियो ।

श्रीलंका कोच एमएच रुमीले आफू खेलाडीको प्रदर्शनबाट खुशी रहेको बताए । उनले भने, ‘हामीसँग तयारीका लागि थोरै समय थियो । तर खेलाडीको प्रदर्शनबाट खुशी छु । म टिम खेलाडी सपोर्टिङ स्टाफ प्रति आभारी छु।’

आफू खेलबाट सन्तुष्ट रहेको भन्दै उनले भुटानविरुद्ध खेलमा राम्रो प्रदर्शन गर्ने तयारी रहेको बताए । ‘म सन्तुष्ट छु आजको खेलबाट । हामीले यू१७ ब्वाईज टिमसँग अभ्यास खेल खेलेका थियौ,’ उनले भने, ‘अर्को खेलका लागि २ दिन छ । त्यसमा हामी काम गर्नेछौं। हामी अर्को खेलमा भुटान विरुद्ध राम्रो खेल्ने प्रदर्शन गर्नेछौं।’

यता, माल्दिभ्सका कोच मोहमेद निजमले खेलाडीका लागि नयाँ सिकाइ भएको बताए । खेलाडीहरू ३ वर्षदेखि प्रतिस्पर्धात्मक खेलमा भाग लिन नपाउको उनको भनाइ थियो।

उनले भने, ‘खेलाडीका लागि नयाँ भयो । ३ वर्षदेखि प्रतिस्पर्धात्मक खेल थिएन । यू१४ सँग अभ्यास खेल मात्रै खेलेका थियौं हामीले।’

अब आउँदो खेलमा धेरै ठाउँमा सुधार गर्नुपर्ने ठाउँ रहेको भन्दै खेलाडीहरू भावुक सुनिएको उनले बताए । ‘धेरै सुधार गर्ने ठाउँ छ। खेलाठीहरु यो खेल जित्न चाहन्थे त्यही भएपछि खेलपछि उनीहरु भावुक देखिउका छन्।’ कोच निजमले भने ।

उनले हरेक टिम फरक भएकाले आउँने म्याचमा राम्रो तयारी गरेर खेल्‍ने बताए । ‘हरेक टिम फरक हुन्छ । नेपाल घरेलु टिम हो । हामी दुई दिन तयारी गर्छौं र राम्रो भएर आउनेछौं।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...