मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित
साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित

। साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ अनुराधिनीले निर्णायक गोल गरिन् ।




खेलको १७औ मिनेटमा इमेसा अनुराधिनीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाईन् । पि एम परेराले दिएको क्रसमा बक्स भित्र अनमार्क रहेकी अनुराधिनीले हेड मार्फत गोल गरेकी हुन् ।

श्रीलंकाले खेलको दोस्रो हाफमा पनि गोल गर्ने केही अवसर बनाएको थियो तर सदुपयोग गर्न सकेन । माल्दिभ्सले भने खृल अवधिभर खासै आक्रमण गर्न सकेन।




श्रीलंकाले सन् २०१९ पछि साफ वुमन्स च्याम्पियनसिपमा पहिलो पटक गोल गरेको र खेल जितेको हो। सन् २०१९ मा विराटनगरमा भएको पाँचाै साफमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गर्दा श्रीलंकाका लागि चालिनीले दुवै गोल गरेकी थिइन्।



श्रीलंका साफ च्याम्पियनसिपमा चार खेलपछि पहिलो पटक गोल गरेको हो ।यस्तै श्रीलंकाले सन् २०१६ मा माल्दिभ्ससँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

सन् २०१६ मा माल्दिभ्सले श्रीलंकालाई समूह चरणमा ५-२ ले परनजित गरेको थियो । माल्दिभ्सले साफ वुमन्स च्याम्पियनसिपमा गोल नगरेको खेल संख्या ७ पुगेको छ ।

माल्दिभ्सले पछिल्लो पटक सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो साफमा समूह चरणमा भुटान विरुद्ध अन्तिम पटक गोल गरेको थियो ।

श्रीलंका कोच एमएच रुमीले आफू खेलाडीको प्रदर्शनबाट खुशी रहेको बताए । उनले भने, ‘हामीसँग तयारीका लागि थोरै समय थियो । तर खेलाडीको प्रदर्शनबाट खुशी छु । म टिम खेलाडी सपोर्टिङ स्टाफ प्रति आभारी छु।’

आफू खेलबाट सन्तुष्ट रहेको भन्दै उनले भुटानविरुद्ध खेलमा राम्रो प्रदर्शन गर्ने तयारी रहेको बताए । ‘म सन्तुष्ट छु आजको खेलबाट । हामीले यू१७ ब्वाईज टिमसँग अभ्यास खेल खेलेका थियौ,’ उनले भने, ‘अर्को खेलका लागि २ दिन छ । त्यसमा हामी काम गर्नेछौं। हामी अर्को खेलमा भुटान विरुद्ध राम्रो खेल्ने प्रदर्शन गर्नेछौं।’

यता, माल्दिभ्सका कोच मोहमेद निजमले खेलाडीका लागि नयाँ सिकाइ भएको बताए । खेलाडीहरू ३ वर्षदेखि प्रतिस्पर्धात्मक खेलमा भाग लिन नपाउको उनको भनाइ थियो।

उनले भने, ‘खेलाडीका लागि नयाँ भयो । ३ वर्षदेखि प्रतिस्पर्धात्मक खेल थिएन । यू१४ सँग अभ्यास खेल मात्रै खेलेका थियौं हामीले।’

अब आउँदो खेलमा धेरै ठाउँमा सुधार गर्नुपर्ने ठाउँ रहेको भन्दै खेलाडीहरू भावुक सुनिएको उनले बताए । ‘धेरै सुधार गर्ने ठाउँ छ। खेलाठीहरु यो खेल जित्न चाहन्थे त्यही भएपछि खेलपछि उनीहरु भावुक देखिउका छन्।’ कोच निजमले भने ।

उनले हरेक टिम फरक भएकाले आउँने म्याचमा राम्रो तयारी गरेर खेल्‍ने बताए । ‘हरेक टिम फरक हुन्छ । नेपाल घरेलु टिम हो । हामी दुई दिन तयारी गर्छौं र राम्रो भएर आउनेछौं।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...