मुख्य समाचार
स्पेनले सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश
स्पेनले सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

। युरोकप विजेता स्पेन यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा छनोट भएको छ ।

लिग ए अन्तर्गत ग्रुप फोरको खेलमा स्पेनले सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनको जितमा एममेरिक लापोर्टा, अल्भारो मोराटा र एलेक्स बेनाले समान एक गोल गरे ।

लिग ए अन्तर्गत ग्रुप फोरकै अर्को खेलमा स्विटजरल्यान्ड र डेनमार्कले २-२ को बराबरी खेलेका छन् । यस बराबरीले डेनमार्कले भने क्वाटरफाइनल पुग्न पर्खनुपर्ने भएको छ ।

४ खेलबाट १० अंक जोडेको स्पेन ग्रुप फोरको शीर्ष स्थानमा छ । लिग ए मा चार समूह छ र हरेक समूहको शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछन् ।

सर्विया ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ७ अंक रहेको डेनमार्क दोस्रो स्थानमा छ । स्विट्जरल्याण्ड १ अंक जोडेर पुछारमा छ ।

स्पेनले दुई खेल बाँकी छँदै नकआउट यात्रा तय गरेको हो । स्पेनसँगै ग्रुप थ्रीबाट जर्मनी पनि क्वाटरफाइनल पुगेको छ ।

यस्तै लिग ए अन्तर्गत ग्रुप वानमा पोल्यान्ड र क्रोएसियाले ३-३ तथा स्कटल्यान्ड र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी लिग सी अन्तर्गत ग्रुप टुमा कोसोभोले साइप्रसलाई ३-१ र रोमानियाले लिथुवानियालाई २–१ ले हरायो भने लिग सी ग्रुप थ्री मा उत्तरी आयरल्यान्डले बुल्गेरियालाई ५-० ले हराउँदा बेलारुस र लक्जेम्बर्गले १-१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...