मुख्य समाचार
‘वान डायरेक्सन’ ब्याण्डका पपस्टार लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर निधन
‘वान डायरेक्सन’ ब्याण्डका पपस्टार लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर निधन

। विश्वचर्चित सांगीतिक समूह ‘वन डाइरेक्सन’का पूर्वसदस्य लियाम पेनेको ३१ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित एक होटलको तेस्रो तल्लाबाट खसेर पपस्टार पायनेको निधन भएको हो ।

त्यहाँको पालेर्मो भन्ने स्थानमा एक आपतकालिन टोलीले शव फेला पारेपछि प्रहरीलाई यसबारे खबर गरेको थियो । विश्वचर्चित ब्वाय ब्याण्ड ‘वन डाइरेक्सन’मा उनले ह्यारी स्टाइल्स, नियाल होरान र जेन मलिकसँग सहकार्य गरिसकेका छन् । सन् २०१० मा एक्स फ्याक्टर टेलिभिजन शोपछि पेने विश्व चर्चित भएका थिए ।


यस महिनाको सुरुमा पेने ब्याण्डका अर्का सदस्य होरानसँग ब्युनस आयर्समा आयोजित कन्सर्टमा सहभागि थिए । ब्यूनस आयर्सका प्रहरीका अनुसार घटनास्थलमा रहेका अधिकारीले सुरुमा ‘लागूऔषध र मदिराको प्रभावमा परेको हुनसक्ने आक्रामक मानिस’को रिपोर्टमा प्रतिक्रिया दिइरहेका थिए ।

जब तिनीहरू होटलमा आइपुगे, अधिकारीले भित्री आँगनमा ठूलो आवाज सुनिएको बताइएका थिए । केही समयपछि उनीहरुले त्यहाँ शव फेला पारे । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।

आपतकालीन चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रिसेन्टीले स्थानीय मिडियालाई बताएअनुसा पेनेलाई ‘गम्भीर चोट’ लागेको छ र पोस्टमार्टम पनि गरिनेछ ।

पेनेले घटना हुनुभन्दा केही घन्टाअघि स्न्यापच्याटमा पोष्ट गर्दै भनेका थिए- अर्जेन्टिनामा आजको दिन राम्रो छ ।’

बेलायतको विदेश कार्यालयले यो घटनाबारे अर्जेन्टिनाका अधिकारीसँग सम्पर्कमा रहेको जनाएको छ । थप विवरण दिइएको छैन ।

मृत्युको खबर फैलिएपछि, फ्यान ब्यूनस आयर्सको होटल बाहिर भेला हुन थालेका थिए जहाँ मृत्यु भएको थियो । उनको सम्झनामा कतिपयले मैनबत्ती बालेका छन् । सामाजिक संजालमा पनि समवेदना व्यक्त भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...