मुख्य समाचार
‘वान डायरेक्सन’ ब्याण्डका पपस्टार लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर निधन
‘वान डायरेक्सन’ ब्याण्डका पपस्टार लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर निधन

। विश्वचर्चित सांगीतिक समूह ‘वन डाइरेक्सन’का पूर्वसदस्य लियाम पेनेको ३१ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित एक होटलको तेस्रो तल्लाबाट खसेर पपस्टार पायनेको निधन भएको हो ।

त्यहाँको पालेर्मो भन्ने स्थानमा एक आपतकालिन टोलीले शव फेला पारेपछि प्रहरीलाई यसबारे खबर गरेको थियो । विश्वचर्चित ब्वाय ब्याण्ड ‘वन डाइरेक्सन’मा उनले ह्यारी स्टाइल्स, नियाल होरान र जेन मलिकसँग सहकार्य गरिसकेका छन् । सन् २०१० मा एक्स फ्याक्टर टेलिभिजन शोपछि पेने विश्व चर्चित भएका थिए ।


यस महिनाको सुरुमा पेने ब्याण्डका अर्का सदस्य होरानसँग ब्युनस आयर्समा आयोजित कन्सर्टमा सहभागि थिए । ब्यूनस आयर्सका प्रहरीका अनुसार घटनास्थलमा रहेका अधिकारीले सुरुमा ‘लागूऔषध र मदिराको प्रभावमा परेको हुनसक्ने आक्रामक मानिस’को रिपोर्टमा प्रतिक्रिया दिइरहेका थिए ।

जब तिनीहरू होटलमा आइपुगे, अधिकारीले भित्री आँगनमा ठूलो आवाज सुनिएको बताइएका थिए । केही समयपछि उनीहरुले त्यहाँ शव फेला पारे । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।

आपतकालीन चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रिसेन्टीले स्थानीय मिडियालाई बताएअनुसा पेनेलाई ‘गम्भीर चोट’ लागेको छ र पोस्टमार्टम पनि गरिनेछ ।

पेनेले घटना हुनुभन्दा केही घन्टाअघि स्न्यापच्याटमा पोष्ट गर्दै भनेका थिए- अर्जेन्टिनामा आजको दिन राम्रो छ ।’

बेलायतको विदेश कार्यालयले यो घटनाबारे अर्जेन्टिनाका अधिकारीसँग सम्पर्कमा रहेको जनाएको छ । थप विवरण दिइएको छैन ।

मृत्युको खबर फैलिएपछि, फ्यान ब्यूनस आयर्सको होटल बाहिर भेला हुन थालेका थिए जहाँ मृत्यु भएको थियो । उनको सम्झनामा कतिपयले मैनबत्ती बालेका छन् । सामाजिक संजालमा पनि समवेदना व्यक्त भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...