मुख्य समाचार
ट्रम्पको चुनावी अभियानलाई इलन मस्कको साढे ७ करोड सहयोग
ट्रम्पको चुनावी अभियानलाई इलन मस्कको साढे ७ करोड सहयोग

। विश्वका धनी व्यक्तिमध्येका एक इलन मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि साढे ७ करोड अमेरिकी डलर दिएको खुलेको छ ।

सरकारी अनुसान्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग रकम लिएको खुलेको हो ।


मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् । सरकारी अनुसन्धान अधिकारीका अनुसार इलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब साढे ७ करोड अमेरिकी डलर रकम दिएको खुलेको हो । जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए । यद्यपि त्यस घटनाअघि पनि मस्कले ट्रम्पलाई विभिन्न मुद्दामा साथ दिँदै आएका थिए ।

हालै पेन्सिल्बेनियाको बटलरमा भएको ट्रम्पको र्‍यालीमा पनि मस्क सहभागी भएका थिए । बटलर ट्रम्पमाथि हमला भएको ठाउँ पनि हो ।


अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् भने रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई नै उम्मेदवार बनाएको छ । चुनाव नोभेम्बर ५ मा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...