मुख्य समाचार
महिला टी-२० विश्वकप : अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा
महिला टी-२० विश्वकप : अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

। दक्षिण अफ्रिकाले आईसीसी टी-२० महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएकोछ।

१३५ रनको लक्ष्य लक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाको जितमा एनेक बोश ४८ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा नट आउट रहिन् । लौरा वोल्भार्ड ३७ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नट आउट रहिन् । अस्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले २ विकेट लिएकी थिइन् ।



त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । अस्ट्रेलियाकी बेथ मुनीले ४२ बलमा २ चौकासहित सर्वाधिक ४४ रन बनाइन् । एलेस पेरीले २३ बलमा २ चौकासहित ३१, तहलिया म्याकग्राथले २७ रन बनाइन् ।

दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले २, ननकुलुलेको मलाबाले र मरिजान कापले १-१ विकेट लिइन् । दोस्रो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र वेष्टइण्डिजबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...