मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात
साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात

साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १-१ गोल गरे ।


पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १-१ गोल गरे । यसै खेलबाट भारतकी कप्तान अशलता देवीले एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गरिन् ।

खेलको सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।


यस्तै मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।



३५ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३-० को अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिइन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

भारतका लागि डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन् ।

दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याइन् ।

७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन् ।



प्रतियोगितामा सर्वाधिक ५ पटकको उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ ।

भारतका प्रशिक्षक सन्तोषकुमार कश्यपले प्रतियोगितामा सुरुवात राम्रो भएको बताए । ‘हाम्रो लागि च्याम्पियनसिप राम्रो सुरुवात भएको छ ।सबैले राम्रो खेले । बीचमा केही दबाब भएको थियो । तर पाँचौं गोलपछि सहज भयो’, उनले भने ।

भारतकी कप्तान अशलता देवीका लागि बिहीबारको खेल १०० औं खेल थियो । उनले पनि प्रतियोगिताको पहिलो खेल जित्नु महत्वपूर्ण भएको बताइन् । ‘म १०० औं खेलमा एकदमै खुशी छु । १०० औं खेल खेल्ने म पहिलो भारतीय खेलाडी बनेँ । म धेरै उत्साहित थिएँ र त्यसले गर्दा पेनाल्टी पनि दिएँ । धेरै उत्साहित हुनुहुन्न भन्ने पनि मैले आज सिकेँ’, उनले भनिन् ।



पाकिस्तानका प्रशिक्षक आदिल रिज्कीले पाएका केही अवसर उपयोग गर्न नकस्दा पराजित भएको बताए । ‘अब बंगलादेश विरुद्ध खेल्दा डिफेन्समा सुधार गर्नुपर्छ । बंगलादेश टिम फेरिएको छ र कोच नयाँ छन् । हाम्रो लागि सजिलो भने हुने छैन’, उनले भने ।

प्रशिक्षक आदिलले खेलमा रेफ्रीको भूमिकामा प्रश्न उठाए । ‘खेलमा रेफ्री ठूलो समस्याको रुपमा रह्यो । केही ब्याड कल भयो जसले गर्दा खेलमा असर गर्‍यो, भारतले पनि राम्रो खेल्यो’, उनले भने ।

भारत यो जितपछि सेमिफाइनल नजिक पुगेको छ । समूह ए मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ ।

यस समूहको अर्को खेल आउने आइतबार पाकिस्तान र बंगलादेशबीच हुनेछ ।

बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा भारत र बंगलादेश समूह चरणमा खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स र नेपाल र भुटानबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...