मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल
साफ वुमन्स च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

। गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।




तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।




नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८-० ले पराजित गरेको थियो । त्यसै खेलबाट साम्बाले नेपालको लागि डेब्यु गरेकी थिइन् र एक गोल गरेकी थिइन् । यस्तै सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८-० ले नै पराजित गरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । जहाँ साम्बाले एक गोल गरेकी थिइन् । पछिल्लो पटक सन् २०२२ मा दशरथ रंगशालामै भएको छैटौं साफमा साम्बा र अनिता बस्नेतले दुई-दुई गोल गरेपछि नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो ।

साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा भुटानसँग नहारेपनि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानलाई हल्का लिएर नखेल्ने बताएका थिए । ‘भुटानको टिममा धेरै सुधार भएको छ । हाम्रो समूहमा भुटान श्रीलंका र माल्दिभ्स छन् । हामी एकपटकमा एक खेललाई लिएर अघि बढ्नेछौँ । सबै टिम राम्रो छ,’ तामाङले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।

प्रशिक्षक तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ खेल्ने र त्यसका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

कप्तान एन्जिलाले सातदोबाटोको एस्ट्रो टर्फमा प्रशिक्षण गरेर दशरथ रंगशालको घाँसे मैदानमा खेल्ने केही कठिन हुने सक्ने बताएकी थिइन् । यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाएको भए टिम अझ राम्रो हुने उनको भनाइ थियो ।



उता भुटान पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध खेल्नुपरेपनि कुनै दबाबमा नरहेको मुख्य प्रशिक्षक निकोला डेमाइनले बताएकी छिन् । निकोला अष्ट्रेलियन प्रशिक्षक हुन् । उनी करिब एक वर्ष अघि भुटान पुगेकी थिइन् र उनकै प्रशिक्षणमा भुटानले पछिल्लो ९ महिना साफकै लागि प्रशिक्षण गरिरहेको छ ।

पछिल्लो पटक २०२२ मा काठमाडौंमै भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । भुटानले त्यही प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।

पछिल्लो समय भुटानले ग्रासरुटदेखि नै फुटबलमा लगानी गरिरहेको र छ र उमेर समूह देखि सिनियर टिमसम्मले राम्रो प्रदर्शन गरिरहेको छ । प्रायजसो टिममा विदेशी प्रशिक्षकहरु अनुबन्ध गरिरहेको छ । त्यसैको उदाहरण प्रशिक्षक निकोला हुन् ।

उनी यस पटक साफ वुमन्स च्याम्पियनसिपमा एक्ला महिला प्रशिक्षक हुन् । निकोलाले नेपाल विरुद्धको पहिलो खेल रमाइलो र हुने र दबाब नेपाललाई हुने बताएकी छन् । उनी भन्छिन्, ‘नेपाल घरेलु टोली भएकोले दबाब नेपाललाई हुन्छ ।’

भुटानकी कप्तान पेमा छोडेन छिरिङले एक वर्षको तयारी रहेको र आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्न उत्साहित रहेको बताएकी छन् । उनले राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताएकी थिइन् ।

आजै समूह बी को पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दशरथ रंगशालामै दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो खेलको नतिजा महत्वपूर्ण हुनेछ । किनकी यस खेलको नतिजाबाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...