मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल
साफ वुमन्स च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

। गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।




तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।




नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८-० ले पराजित गरेको थियो । त्यसै खेलबाट साम्बाले नेपालको लागि डेब्यु गरेकी थिइन् र एक गोल गरेकी थिइन् । यस्तै सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८-० ले नै पराजित गरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । जहाँ साम्बाले एक गोल गरेकी थिइन् । पछिल्लो पटक सन् २०२२ मा दशरथ रंगशालामै भएको छैटौं साफमा साम्बा र अनिता बस्नेतले दुई-दुई गोल गरेपछि नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो ।

साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा भुटानसँग नहारेपनि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानलाई हल्का लिएर नखेल्ने बताएका थिए । ‘भुटानको टिममा धेरै सुधार भएको छ । हाम्रो समूहमा भुटान श्रीलंका र माल्दिभ्स छन् । हामी एकपटकमा एक खेललाई लिएर अघि बढ्नेछौँ । सबै टिम राम्रो छ,’ तामाङले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।

प्रशिक्षक तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ खेल्ने र त्यसका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

कप्तान एन्जिलाले सातदोबाटोको एस्ट्रो टर्फमा प्रशिक्षण गरेर दशरथ रंगशालको घाँसे मैदानमा खेल्ने केही कठिन हुने सक्ने बताएकी थिइन् । यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाएको भए टिम अझ राम्रो हुने उनको भनाइ थियो ।



उता भुटान पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध खेल्नुपरेपनि कुनै दबाबमा नरहेको मुख्य प्रशिक्षक निकोला डेमाइनले बताएकी छिन् । निकोला अष्ट्रेलियन प्रशिक्षक हुन् । उनी करिब एक वर्ष अघि भुटान पुगेकी थिइन् र उनकै प्रशिक्षणमा भुटानले पछिल्लो ९ महिना साफकै लागि प्रशिक्षण गरिरहेको छ ।

पछिल्लो पटक २०२२ मा काठमाडौंमै भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । भुटानले त्यही प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।

पछिल्लो समय भुटानले ग्रासरुटदेखि नै फुटबलमा लगानी गरिरहेको र छ र उमेर समूह देखि सिनियर टिमसम्मले राम्रो प्रदर्शन गरिरहेको छ । प्रायजसो टिममा विदेशी प्रशिक्षकहरु अनुबन्ध गरिरहेको छ । त्यसैको उदाहरण प्रशिक्षक निकोला हुन् ।

उनी यस पटक साफ वुमन्स च्याम्पियनसिपमा एक्ला महिला प्रशिक्षक हुन् । निकोलाले नेपाल विरुद्धको पहिलो खेल रमाइलो र हुने र दबाब नेपाललाई हुने बताएकी छन् । उनी भन्छिन्, ‘नेपाल घरेलु टोली भएकोले दबाब नेपाललाई हुन्छ ।’

भुटानकी कप्तान पेमा छोडेन छिरिङले एक वर्षको तयारी रहेको र आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्न उत्साहित रहेको बताएकी छन् । उनले राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताएकी थिइन् ।

आजै समूह बी को पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दशरथ रंगशालामै दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो खेलको नतिजा महत्वपूर्ण हुनेछ । किनकी यस खेलको नतिजाबाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...