मुख्य समाचार
५० मन्त्री हटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा
५० मन्त्री हटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा

। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारका लागि कदम चालेका छन् । उनले १५ दिनभित्र विभिन्न मन्त्रालयमा भएको २२८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका हुन् ।

यसमा सात राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक पनि पर्छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसले सरकारी बजेटमा हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्सका मुद्रा) बचत हुनेछ ।’

राष्ट्रपति चुनावका क्रममा मोइज्जूले राजनीतिक नियुक्तिलाई ७०० मा सिमित गर्ने बाचा गरेका थिए । तर राष्ट्रपचि भएपछि दुई हजारभन्दा बढी राजनीतिक नियुक्ति रहेको विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)को आरोप छ ।

यद्यपि अहिले कति राजनीतिक नियुक्ति छ भन्ने यकिन छैन, किनकी सरकारले सार्वजनिक गर्न अस्वीकार गरेको छ ।


तर मंगलबार राष्ट्रपति मोइज्जूले ठूलो संख्यामा राजनीतिक नियुक्त कटौती गर्ने घोषणा गरेका छन् । विश्वबैंकले माल्दिभ्सको अर्थतन्त्र सुधार योजनाको प्रगति सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको एक साता पनि यो घोषणा भएको हो ।

विश्व वैंकका अनुसार आर्थिक बृद्धिका बाबजुद बढ्दो सार्वजनिक ऋण, उच्च राजकीय खर्च र विशेषगरी सार्वजनिक क्षेत्रमा लगानी तथा अनुदान चिन्ताजनक छ । यो खर्च कम गर्न तत्काल आवश्यक कदम चाल्नुपर्ने विश्व बैंकको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो । साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ। ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्। यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको ...
: भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्। डीसी राणाले भने, 'हिमाचल प्रदेशमा जुन १९ मा ...
संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौता
: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्। बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्। अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र ...