मुख्य समाचार
हमास प्रमुख सिनवारको मृत्युमा बाइडेनको प्रतिक्रिया- विश्वकै लागि राम्रो दिन
हमास प्रमुख सिनवारको मृत्युमा बाइडेनको प्रतिक्रिया- विश्वकै लागि राम्रो दिन

। इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् ।

‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको छ। इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि यो राम्रो दिन हो।’


अमेरिकी राष्ट्रपति बाइडेनले सिनवारको निन्दा गर्दै भने, ‘हमास नेताका रूपमा याह्या सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको मृत्युका लागि जिम्मेवार थिए।’

बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको पनि बताएका छन् । ‘सिनवार ती सबै लक्ष्यहरू प्राप्त गर्नमा एक अपार बाधा थिए। त्यो बाधा अब रहेन। तर अझै धेरै काम बाँकी छ’ बाइडनले विज्ञप्तिमा भनेका छन्, ‘म छिट्टै प्रधानमन्त्री नेतन्याहू र अन्य इजरायली नेताहरूसँग कुरा गर्नेछु र उनीहरूलाई बधाई दिनेछु ।’




उनले अगाडि थपेका छन्, ‘बन्धकहरूलाई उनीहरूका परिवारहरूमा फर्काउने मार्गका बारेमा छलफल गर्नेछु र यस युद्धलाई एक पटक र सबैका लागि समाप्त गर्नेछु, जसले निर्दोष मानिसहरूलाई धेरै विनाश गरेको छ ।’

उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको मृत्युको स्वागत गर्दै यसलाई ‘अन्ततः गाजामा युद्ध समाप्त गर्ने’ अवसरका रूपमा चित्रित गरेकी छन् ।

‘न्याय भएको छ’ ह्यारिसले सञ्चारकर्मीहरूसँग भनिन्, ‘सिनवार हजारौं निर्दोष मानिसहरूको हत्याका जिम्मेवार थिए, जसमा अक्टोबर ७ का पीडितहरू र गाजामा मारिएका बन्धकहरू पनि थिए।’ उनले सिनवारको मृत्युले हमासका पीडितहरूका परिवारले राहतको भावना महसुस गरिरहेको टिप्पणी गरिन् ।

बिहीबार राति इजरायलले हमासका नेता याह्या सिनवार आफ्नो आक्रमणमा मारिएको जानकारी दिएको थियो । इजरायली विदेशमन्त्री काट्जले विहीबार गाजामा इजरायली सेनाले गरेको कारबाहीमा सिनवार मारिएको बताएका छन् । उनले सिनवारलाई गत अक्टोबर ७ मा भएको आक्रमणको मुख्य योजनाकार भएको बताए ।

जुलाईमा हमास नेता इस्माइल हानियाको मृत्युपछि याह्या सिनवार हमासको नेता बनेका थिए । इजरायली कारबाहीका क्रममा तेहरानमा इस्माइल हानिया मारिएका थिए ।

गाजामा हमासको राजनीतिक शाखाका नेता याह्या सिनवार इजरायलको मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...