मुख्य समाचार
टोमस टुचेल इंग्लिस फुटबल टिमको नयाँ व्यवस्थापक नियुक्त
टोमस टुचेल इंग्लिस फुटबल टिमको नयाँ व्यवस्थापक नियुक्त

। टोमस टुचेल इंग्लिस फुटबल टिमको नयाँ व्यवस्थापक नियुक्त भएका छन् । ५१ वर्षीय जर्मन प्रशिक्षकले १८ महिने सम्झौता गरेका छन् र, उनको कार्यकाल १ जनवरीबाट सुरु हुनेछ ।

चेल्सीका पूर्व प्रशिक्षक रहेका टुचेलले गत सिजनको अन्त्यमा बार्यन म्युनिख छाडेका थिए । इंग्ल्याण्डको प्रतिनिधित्व गर्ने अवसर पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको भन्दै उनले भनेका छन्, ‘विशेष र क्षमतावान खेलाडीहरुसँग काम गर्न निकै उत्साहित छु ।’


मुख्य कार्यकारी मार्क बुलिङहमले पनि फुटबल एशोसिएसनले विश्वकै सबश्रेष्ठ प्रशिक्षकमध्ये एकलाई नियुक्त गरेको बताए । उनले अगाडि भने, ‘टुचेल र टिमको ध्यान २०२६ को विश्वकप जित्ने सर्वोत्तम अवसर र्सिजना गर्नु हुनेछ ।’

इंग्ल्याण्डले १९६६ मा विश्वकप जितेयता ठूलो उपाधि जितेको छैन । टुचेललाई अनुबन्ध गर्नुअघि एफएले म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला तयार भए ल्याउन चाहेको थियो । तर सम्भावित उम्मेदवारमा टुचेल रोजेको व्यवस्थापन भएको एफएले बताएको छ ।

एफए बोर्डले अन्तिम साता उनको नाम अनुमोदन गरेको थियो र टुचेलले ८ अक्टोबरमा सम्झौतामा हस्ताक्षर गरेका थिए । तर अन्तराष्ट्रिय खेल छल्नका लागि औपचारिक घोषणा केही ढिला गरिएको एफएले बताएको छ ।

निमित्त प्रशिक्षक ली चाल्र्सीको नेतृत्वमा रहेको इंग्ल्याण्डले १० अक्टोबरमा ग्रिससँग हार व्यहोरेको थियो भने १३ मा फिनल्याण्डलाई हरायो ।

नयाँ व्यवस्थापक टुचेलको सहायकका रुपमा एन्थोनी ब्यारी हुनेछन्, जसले चेल्सी र बार्यन म्युनिखमा पनि सँगै काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...