मुख्य समाचार
बीपी राजमार्ग आज साँझबाट सञ्चालनमा आउने
बीपी राजमार्ग आज साँझबाट सञ्चालनमा आउने

: बीपी राजमार्ग आज साँझबाट सञ्चालनमा आउने भएको छ। गत असोज ११ र १२ गतेको बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिनदेखि साना सवारीसाधन चल्न दिइएको सडक डिभिजन भक्तपुरले जनाएको छ।


चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार गरेर ठूला सवारीसाधन सावधानिपूर्वक सञ्चालन गर्न दिन लागिएको डिभिजन कार्यालयले जनाएको छ। यातायात सञ्चालनका लागि खुला भएपनि सडक जोखिमयुक्त रहेको छ। डिभिजन कार्यालयले नै सूचनामार्फत सुक्खा पहिरो झर्ने सम्भावना रहेकोले रातीको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

‘गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण वि.पी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ कि.मी. भन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएकोले हाल ट्र्याक निर्माण गरी साना सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ।’ डिभिजन प्रमुख सीडीई सुमन योगेशले जारी गरेको सूचनामा भनिएको छ,‘चौकीडाँडा र माम्ती खोला नजिकको ड्राइभर्सन आज साँझसम्म सुधार गरि यसअघि वि.पी राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारी साधन सावधान पूर्वक सञ्चालन गर्न योग्य हुने व्यहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ। साथै उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकोले रातीको समयमा यात्रा नगर्न समेत अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...