मुख्य समाचार
लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप
लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप

। संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ।

बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि गरेको थियो। यसबाट शिविरमा धुवाँ फैलिएको र १५ जना शान्ति सैनिकहरू घाइते भएका थिए। उनीहरूलाई छालामा जलन र पेट सम्बन्धी समस्या देखिएको छ।


तर, इजरायली रक्षा बल (आईडीएफ) ले भने घाइते सैनिकहरूलाई उद्धार गर्न यूनीफीलको आधार शिविरमा प्रवेश गरेको जिकिर गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

इजरायलले बारम्बार शान्ति मिसनलाई युद्ध चलिरहेको दक्षिणी लेबनानका क्षेत्रबाट हट्न आग्रह गर्दै आएको छ। तर, यूनीफीलले यी आग्रहहरूलाई अस्वीकार गर्दै आएको छ।


लेबनानमा करिब ५० देशका १० हजार यूएन शान्ति सैनिक र ८०० जना सर्वसाधारण कर्मचारी तैनाथ छन्। सन् १९७८ देखि यी सैनिकहरू लितानी नदी र ‘ब्लू लाइन’ भनेर चिनिने लेबनान र इजरायलबीचको सीमा क्षेत्रमा गस्ती गर्दै आएका छन्। लेबनान र इजरायलबीचको संयुक्त राष्ट्रद्वारा मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ।

लेबनानमा रहेको संयुक्त राष्ट्र शान्ति मिसनमा नेपाल पनि एक प्रमुख योगदानकर्ता देश हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वभरबाट बधाई र प्रतिक्रिया आउने क्रम जारी छ । यसै क्रममा अमेरिकाको प्रतिद्वन्द्वीका रूपमा परिचित इरानले समेत प्रतिक्रिया दिएको छ । इरानी सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले सरकारी टेलिभिजन आईआईबीमा प्रतिक्रिया दिँदै ट्रम्पको जितले केही नबदलिने बताएकी छिन् । पछिल्लो समय इरान र इजरायलबीच टकराव बढिरहेका बेला पनि ...
। अमेरिकको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो । साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ । बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो । अमेरिकी राष्ट्रपतिमा ...
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा जोडदार पुनरागमन गरेका छन् । निर्वाचनअघिका सबैजसो मत सर्वेक्षणले रिपब्लिकन ट्रम्प र डेमोक्र्याट कमला ह्यारिसबीच झिनो मतान्तरले जित–हार हुने प्रक्षेपण गरेका थिए । तर ह्यारिस मात्र होइन, चुनावी पण्डितहरूलाई पनि स्तब्ध बनाउँदै ट्रम्पले मतको बाढी नै ल्याएका छन् । परम्परागत ‘रेड स्टेट’ मा आफ्नो पकड अझ बलियो बनाउँदै उनले ‘ब्लु स्टेट’ बाट मत बढाएका ...
— अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरू भइसकेको छ । यो बेला विश्वभरका प्रमुख शेयर बजारहरूले अमेरिकी राजनीतिको पछिल्लो विकासक्रमलाई सावधानीपूर्वक नियालिरहेको विज्ञहरूले बताएका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिशबीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने प्रक्षेपणहरू सार्वजनिक ...
— अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे । ‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका ...