मुख्य समाचार
पाकिस्तानको टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित ४ खेलाडी बाहिरिए
पाकिस्तानको टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित ४ खेलाडी बाहिरिए

। इंग्ल्याण्डविरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा केही महत्वपूर्ण परिवर्तन गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दोस्रो र तेस्रो टेष्टका लागि बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई टोलीबाट हटाएको हो ।

अब्रार अहमदलाई डेंगु संक्रमण भएको बोर्डले जनाएको छ । यी खेलाडीको ठाउँमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । त्यस्तै, मोहमद अली र अफ स्पिनर सजिद खानलाई पनि टिममा सामेल गरिएको छ ।

पाकिस्तान र इंग्ल्याण्डबीच मुल्तानमा भएको पहिलो टेस्ट म्याचको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो । बाबर आजमले यो खेलमा आफ्नो टिमको लागि खासै योगदान गर्न सकेनन् । उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाएका थिए ।

दोस्रो र तेस्रो टेस्ट खेलका लागि पाकिस्तानको टेस्ट टोलीः


शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...